अमेरिकी साम्राज्यवाद र मध्य पूर्व

-अपत्य शर्मा
विश्वका सम्पूर्ण जनता शान्ति र समृद्धि चाहनुका साथै सामन्तवादी तथा पुँजीवादी दासताबाट मुक्त हुन चाहन्छन् । तर आजको विश्वमा सामन्तवादी दासता, दलाल नोकरशाही पुँजीवादी दासता, क्रुर बर्बर, अल्पतन्त्र तथा पुँजीवादी दासताको संरक्षकको रुपमा अमेरिकी साम्राज्यवादी शक्ति लागि परेको छ । यसकारण विश्वका समस्त शोषित, पीडित, दमित जनताका नम्बर एक दुश्मन अमेरिकी साम्राज्यवादी शक्ति हो ।
दोस्रो विश्वयुद्ध पछि अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकामा आफ्नो पकड बलियो बनाउने प्रयास गर्दै आएको छ । दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीका निर्दोष जनतामाथि आणविक बम प्रहार गरेर आफ्नो राक्षसी अनुहार छर्लङग देखायो । त्यसपछि कोरिया युद्ध, भियतनाम, लाओस्, कम्बोडिया, अफगानिस्तान आदि मुलुकहरुमा नराम्रो हार साम्राज्यवादी अमेरिकीको भयो । उपरोक्त मुलुकहरु बाहेक अन्य मुलुकहरुमा मानव अधिकार र प्रजातन्त्रका नाममा नांगो हवाई आक्रमण तथा सिआइएद्वारा सैनिक विद्रोह र आतंकवादी गतिविधि गरेर लाखौंको नरसंहार गरिसकेको छ । विश्व इतिहासमा अमेरिकी साम्राज्यवादी शक्तिले आफू मानव अधिकार प्रजातन्त्रको मसिहा बनेर दानवीयरुप प्रष्टसँग देखाइसकेको छ र देखाउँदैछ । प्रजातन्त्रको नाममा इन्डोनेसियामा आठ लाख भन्दा बढी कम्युनिस्टहरुको हत्या गराइसकेको इतिहास छ ।
हाल मध्यपूर्वका देशहरुमा जातिवादी विस्तारवादी क्रुर बर्बर इज्रायल अधिकार जमाउन अमेरिकी साम्राज्यवादीबाट सबै किसिमका सहायता लिइरहेछ । स्मरणीय छः इज्रायल र अमेरिकाको सम्बन्ध भनेको शरीर जोडिएको जुम्ल्याह जस्तै हो । किनभने इज्रायलको जन्म नै बेलायती साम्राज्यवादी र अमेरिकी साम्राज्यवादीद्वारा भएको हो । पहिले प्यालेस्टिनी र यहुदीको अलग राज्य बनाउने आश्वासन साम्राज्यवादीले दिए । तर जातिवादी यहुदीहरु संसारबाट इज्रायलमा आए । विस्तारै यहुदीहरुले प्यालेस्टिनीको जमिनमाथि अधिकार जमाउन थाले ।
सन् १९४८–४९ मा अरब इज्रायल युद्धलाई इज्रायली स्वतन्त्रताको युद्ध भनियो । १९४८ मा भएको युद्धमा ५ वटा अरब मुलुकहरु सामेल भएका थिए । अरब इज्रायल युद्ध १९४८–४९, १९५६, १९६७, १९७३, १९८२, २००६ मा भएको थियो । इज्रायली भन्दा पहिले प्यालेस्टिनमा अरब, यहुदी र क्रिश्चियनहरु बस्दथे । यी सबै समूह धार्मिक भावनाले गाँसिएका थिए । सन् १९६७ को अरब इज्रायलको युद्धमा सिनाइ प्रायदीप, सिरियाको गोलान हाइट, प्यालेस्टिन भूमि बेस्ट बन्क, गाजापट्टी (स्ट्राइप) र पूर्वी जेरुसलममाथि अधिकार जमायो ।
अमेरिकी साम्राज्यवादीहरु रक्तपिपासु र युद्ध पिपासु हुन नै । उनीहरु एक ध्रुवीय विश्व आधिपत्य जमाउन चाहन्छन् । तर अहिले अमेरिकी साम्राज्यवादीको एक ध्रुवीयको ठाउँमा विश्व बहुध्रुवीय भएको छ । अमेरिका ठूलो पहिलो र महान नारा आजभोलि अमेरिकी साम्राज्यवादीबाट सुनिँदैछ । जहाँसम्म मध्यपूर्वको प्रश्न छ त्यसमा लेवनान, सिरिया, इज्रायल, जोर्डन, साउदी अरेबिया, यमन, कुवेत, इरान, इराक र प्यालेस्टिेनीयन क्षेत्र गाजा र वेस्ट बन्क छन् । तापनि अमेरिकी साम्राज्यवादीको कठपुतली संयुक्त राष्ट्रसंघले सबैलाई मुलुकको रुपमा मान्यता दिएको छैन । इज्रायल प्यालेस्टाइनी युद्धको इतिहासलाई हेर्ने हो भने एक सहस्राब्दी भन्दा ज्यादा भएको छ र हालैको इज्रायली हमासयुद्ध चाहिं अक्टोबर २०२३ बाट भइरहेछ । इज्रायलको जन्म नै प्यालेस्टिनी भूमिमा भएको छ ।
पहिले प्यालेस्टिनीको अलग राज्य र इज्रायलको अलग राज्यको वकालत गर्ने बेलायती तथा अमेरिकी साम्राज्यवादी प्यालेस्टिनी जनताको नरसंहार गरेर प्यालेस्टिनी जनताको नामोनिशान मेटाउने जातिवादी यहुदी फासिष्ट प्रम प्रधानमन्त्री नेतन्याहुको योजनालाई सघाइरहेछन् । कुनै पनि न्यायप्रेमी मानव प्यालेस्टिनी जनतामाथि इज्रायली आततायी इज्रायली सेनाले निरपराध सुन्दर प्रकृतिका फूल बच्चाहरु र महिलाहरुलाई आतंकवादी भनेर बमले उडाइरहेको दृश्यले भावविह्ल भएर आँसु रोक्न सक्दैन । बच्चाहरु कसैका दुई हात गुमेका, कसैका दुई हात र एउटा खुट्टा गुमाएका बच्चा तथा अन्य महिला तथा वयस्कका दृश्यहरु हेरेर फासिष्ट नेता तथा उसका तावेदारहरु आनन्द मानिरहेछन् । घायलहरुका आम्बुलेन्स र अस्पताल, डाक्टरहरु, नर्सहरु तथा स्वास्थ्य क्षेत्रका सेवीहरु आतंकवादी भनेर गोली र बमको निशाना बनिरहेछन् । तर पनि प्यालेस्टिनी लडाकु जनता जातिवादी यहुदी सत्तासँग लगातार हिम्मत, जोश जाँगरका साथ आफूसँग भएका हातहतियारले अत्याधुनिक बमवर्षक हवाइजहाज, ड्रोन, आइरन डोम, टैंक आदिले लैश इज्रायली सेनासँग लगातार भग्नावशेषबाट लडिरहेछन् । हमासका लडाकाहरुमा सामेल हुन ठूलो युवा पंक्ति अगाडि आइरहेछन् । जब इज्रायली सेनामा नयाँ भर्ती हुन आउने इज्रायलीको संख्या ज्यादै न्यून छ ।
अमेरिकी साम्राज्यवादी विश्वव्यापी प्रभुत्व कायम गर्न साम, दाम, दण्डभेदको नीति लागु गर्छन् । उनीहरु राजनैतिक स्वार्थ र आर्थिक स्वार्थले प्रेरित भएर देश टुक्राउन सिआइएद्वारा अनेकौं आतंकवादी क्रियाकलाप गराउँछन् । मध्यपूर्वतिर सरसर्ती आँखा लगाउने हो भने सबै जसो मुलुकहरु ठूलठूला तेलका खानी भएका मुलुकहरु छन् । ती मुलुकहरु साउदी अरेविया, इराक, इरान, कुवेत र युनाटेड अरब इमिरेट, ओमन र कतार छन् । विश्वको ८० प्रतिशत तेलको भण्डार ओपेकमा छ । अमेरिकी साम्राज्यवादी र विस्तारवादी इज्रायल इरानको शक्तिलाई तहसनहस गर्ने योजनामा छन् । किनभने इरान पनि आफूलाई मध्यपूर्वी क्षेत्रमा प्रभुत्व कायम गर्न चाहन्छ । मुस्लिम अरबेली मुलुकहरु पनि सिया र सुन्नीमा विभक्त छन् । अरेबेली मुलुकहरु अपवादलाई छाडेर अरु सबैजसो अमेरिकी साम्राज्यवादीका मतियार हुन् भन्ने तथ्य प्यालेस्टिनी जनतामाथि इज्रायली सत्ताले गरेको आमनरसंहारका विरुद्ध एक भएर खडा हुनुको साटो मुकदर्शक मात्र बनिरहेछन् । इरानले खुलेर प्यालेस्टायनी जनताको लडाकु संगठन हमासको समर्थन र सहयोग गरिरहेछ । इरान समर्थक हुथी यमनमा, हिज्बुल्लाह लेवनानमा, सिरियाका पूर्व राष्ट्रपति बशर अल असद पनि प्यालेस्टिनी जनताको मुक्ति संघर्षका समर्थक हुन् । किनभने बशर अल असदको सरकारलाई राजनैतिक तथा सैनिक समर्थन रुस र इरानले गर्दथे भने अर्को कारण लेवनानी हिज्बुल्लाका समूह र सिरियामा रहेका प्यालेस्टिनियन समूह पिएफएलपि– जिसी र अरु समूह पनि छन् । यसकारण सिरियाद्वारा इरान, लेवनानका हिज्बुल्लालाई हातहतियारहरुको निर्यात गर्दथ्यो ।
अमेरिकी साम्राज्यवादीले इराक र इरानका बीचमा युद्ध गराउन सद्दाम हुसेनलाई पूर्वी क्षेत्र शत अल–अरब नदी लिन उत्तेजित गर्दै इरानसँग युद्ध गरायो । जबकि १९७५ मा अल्जियर्स सम्झौताद्वारा इरानले आफ्नो अधिकारमा लिएको थियो । यो शत अल अरब नदी २०० किलोमिटर लामो छ र यसको गहि¥याई ८ देखि १५ मिटर छ । शत अल अरब नदीले इराक र इरानका बीचमा सीमा नदीको काम गर्छ । यस नदीमाथि पूर्ण रुपले नियन्त्रण गर्ने सद्दाम हुसेनको लक्ष्य र इरानले पनि त्यस नदीमा अधिकार जमाउन सन् १९८० देखि १९८८ सम्म लडाइँ ग¥यो । इराकलाई अमेरिकी साम्राज्यवादीले अत्याधुनिक हातहतियार दिएर सहायता ग¥यो । सद्दाम हुसेन र बाथ पार्टीको सत्ता इराकमा थियो भने इरानमा अयातुल्ला खमैनीको सत्ता थियो । इराकले खुजिस्तान क्षेत्र जहाँ तेलको ठूलो खानी भएको क्षेत्र भएकाले त्यस क्षेत्रलाई आफ्नो मुलुकमा मिलाउन चाहन्थ्यो । तर पछि दुवै थरी युद्ध विराम गर्न सहमत भए । त्यसयुद्धमा प्रष्ट रुपले कुनै पनि विजयी भएको नभए पनि इराक अरब जगतमा सैन्य शक्तिमा अत्यन्त बलियो छ भन्ने भयो ।
इरान र अमेरिकाका बीचमा शत्रुता किन भयो भन्नेबारे चर्चा गरौं । सन् १९५१ मा लोकप्रिय नेता मोहम्मद मेसादेग इरानको प्रधानमन्त्री भए र उनको सरकारले १९५१ मा बेलायती इरानियत तेल कम्पनीलाई राष्ट्रियकरण गरेपछि बेलायती साम्राज्यवादी रिसले आगो भएर विश्वव्यापी रुपमा इरानी तेलको बहिष्कार गराउनुका साथै आर्थिक नाकाबन्दी नै लगायो । यतिले पनि सन्तोष नभएर इरानी प्रधानमन्त्री मुहमद मेसादेगलाई सत्ताच्यूत गर्ने उपायहरुको खोजी ग¥यो र सन् १९५३ मा सी आइएले बेलायती गुप्तचर संस्थासँग मिलेर इरानी सेनाद्वारा विद्रोह गराएर पुँजीवादी प्रजातान्त्रिक विधिद्वारा चुनिएका प्रधानमन्त्री पनि साम्राज्यवादीको स्वार्थपूर्ति नगरेमा सत्ताच्यूत गर्ने साम्राज्यवादीको नीति हो । यसबाट विगतदेखि वर्तमानसम्म साम्राज्यवादीले बनाएका प्रजातान्त्रिक मूल्य मान्यता अन्तर्राष्ट्रिय नियम कानुन सबैलाई साम्राज्यवादीको आर्थिक, राजनैतिक स्वार्थमा धक्का लागेमा ती सबै लत्याउँदै आएका छन् । इरानी प्रम मोसादेगलाई सत्ताच्यूत गर्दा तत्कालीन बेलायती प्रम विल्सटन चर्चिल थिए । चर्चिल इरानी तेलमाथि अधिकार जमाउने योजनामा थिए । तर दोस्रो विश्वयुद्धपछि बेलायती साम्राज्यवादीको शक्ति ज्यादै कमजोर भएकाले अमेरिकी साम्राज्यवादी शक्तिको उदय हुन गयो । यसकारण बेलायतले शक्तिशाली भएको अमेरिकी साम्राज्यवादीसँग इरानका प्रम मोसादेगलाई हटाउन सहयोग माग्यो र त्यसै अनुरुप सैनिक विद्रोहद्वारा प्रम मोसादेगलाई सत्ताबाट हटाइयो । इरानबाट भागेका मोहमद रेजा पहलवीलाई पुनः सत्तामा ल्याइयो । रेजा पहलवी सत्तामा आएपछि विरोधीलाई जेलमा हाल्नु, क्रुरतापूर्व यातना दिनु, मार्नु दैनिक काम थियो । रेजाले २६ वर्ष सत्ता चलाए । त्यस शासनकालमा अमेरिकी साम्राज्यवादीले इरानको ठूलो तेल भण्डारमाथि अधिकार जमाए । इरानको ठूलो तेल भण्डारमाथि अधिकार जमाउन यहुदी विस्तारवादी इज्रायल अमेरिकीको ठूलो सहयोगी मुलुक थियो । अरब मुलुकहरुले १९७३ मा नाकाबन्दी गर्न इरानलाई अनुरोध गर्दा पनि मानेन् । इरानले तेलबाट अकुत आम्दानी ग¥यो । स्मरणीय छः अमेरिकाले अत्याधुनिक ठूलो परिमाणमा हातहतियार बेच्यो । त्यस समयमा इरानमा ती हातहतियार चलाउन रोक्ने जनशक्ति पनि थिएन । त्यतिखेर नै अमेरिकाले इरानलाई आणविक शक्ति सम्पन्न बनाउन इरानी इन्जिनीयरहरुलाई प्राविधिक तालिम पनि दिएको थियो ।
अमेरिकाको सहायता र समर्थनमा रेजा तानाशाही शासनले गरेको क्रुर शोषण र अत्याचारले गर्दा इरानी जनतामा व्यापक आक्रोश तथा असन्तोषले गर्दा सन् १९७९ मा इस्लामिक जनक्रान्तिले गर्दा रेजापहलवी इरान छाडेर भागे र अन्य मुलुकहरु कही पनि शरण मिलेन र अन्त्यमा अमेरिकामै शरण लिए । अमेरिकीले पनि उपचारको बहाना गरेर शरण दिएको थियो । इरानका विद्यार्थीहरुले रेजालाई सुपुर्दगी गर्नुपर्ने माग राखेर तेहरानमा रहेको दुतावासमा आक्रमण गरेर ९० जनालाई बन्धक बनाए जसमा ६६ जना अमेरिकी थिए । यो बन्धक प्रकरण ४४४ दिनसम्म चल्यो । यसरी अमेरिका र इरानका बीचको सम्बन्ध बिग्र्रिएको हो । अमेरिकीहरुले इरानसँग आणविक बम बनाउन सक्ने शक्ति भएकाले आणविक बम बनाएको आशंका गरिरहेका छन् । इरानलाई आर्थिक नाकाबन्दी अमेरिकी तथा उसका पुच्छर मुलुकहरुले पनि लगाउँदै आएका छन् । अमेरिकीको सहयोगमा विस्तारवादी इज्रायलले इरानका आणविक वैज्ञानिकहरुको बेला बखत हत्या गरिरहेका छन् । जातिवादी इज्रायल कुनै पनि इस्लामिक मुलुक आणविक शक्ति सम्पन्न नहोस् भन्ने चाहान्छ । जब कि इजरायलसँग ६० देखि ४०० वटा आणविक बम बनाइसकेको अनुमान छ । इजरायल पूरै मध्यपूर्वमा अधिकार जमाउने योजनामा छ ।
इरानले गाजाका फिलिस्तिनी जनताको मुक्ति संघर्षको समर्थनमा लेवनानमा हिज्बुल्लालाई सबै किसिमका हातहतियार, आर्थिक तथा प्राविधिक सहायता गरिरहेछ । त्यस्तै यमनमा हुथीहरु पनि गाजाका जनताको समर्थनमा इजरायलमाथि आक्रमण गरिरहेछन् । इजरायलमाथि हुथी र हुजबुल्लाहले आक्रमण गर्ने गर्दछन् । तर लेवनानका हिज्बुल्ला र इजरायलका बीचमा ६० दिनको युद्ध विरामको हाल घोषणा गरेका छन् । तापनि इजरायलले लेवनानमा आक्रमण गरेर युद्ध विरामको उल्लंघन गरिरहेछन् । यमनका हुथीहरुले इजरायलमा इजरायलको तेलभिभमाथि पनि आक्रमण गरिरहेछन् । इजरायलले यमनको राजधानी सानामा मिसायल आक्रमण गरेपछि यमनका हुथीहरुले इजरायलको राजधानीमा मिसायल र रकेटले आइरन डोमलाई पनि फेल गरेर प्रहार गर्न सफल भए ।
अमेरिकाले इजरायलको समर्थनमा यमनमाथि बम र मिसायल प्रहार गरेको छ । त्यसको प्रतिशोध स्वरुप अमेरिकाको लासागर (रेड सि) मा रहेको अमेरिकी जहाजमाथि प्रहार गरेर क्षति पु¥याएपछि अमेरिकी आक्रमण गर्नबाट पछि हट्यो । स्मरणीय छः इजरायली प्रधानमन्त्री लेवनान, सिरिया र गाजा मिलाएर ग्रेटर इजरायल बनाउने योजनामा छ । सिरियाबाट बशर अल असद भागेपछि इजरायलले लगातार सिरियाका हातहतियारका भण्डार र मिसाइल र रकेट बनाउने कारखानामा हमला गरेर नष्ट गर्दै गएको छ । जहाँसम्म सिरियाका शासक बशर अल असदलाई विद्रोहीहरुले सिरियाबाट भगाए ती विद्रोहीको संगठन हायात टहरिर अल शाम (एच.टि.एस) का नेता मोहम्मद अल जोलानी हुन् । उनी तालिवान जस्तै कट्टर इस्लामिक मतका हुन् । जोलानीको टाउकोमा अमेरिकी वाइडेन प्रशासनले १० मिलियन अमेरिकी डलरको इनाम तोकेको थियो । यसरी आतंकवादी घोषितको आतंकवादीको अभियोग अमेरिकाले हटाएको छ । जोलानीले इजरायलका विरुद्ध कुनै कार्वाही नगर्ने बताएको छ । चाहे इजरायलले सिरियामा मनपरी गरोस् । सिरियाली जनताले नै आफ्नो स्वतन्त्रताको रक्षा गर्नेछन् ।
यहुदी जातिवादी इजरायलीले गरिरहेका आम नरसंहारका विरुद्ध एक से एक अन्तर्राष्ट्रिय मानव अधिकारवादी, विश्वमा शान्ति, लोकतन्त्रको रक्षा गर्ने ठेकेदार संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय बाल अधिकारवादीहरु, पत्रकार जगत तथा इस्लामिक जगत आदि कोही पनि गाजाका फिलिस्तिनी जनता अकथनीय, अवर्णनीय दुःख कष्टसँग जुधिरहेछन् तापनि कुनै पनि संघ, संस्था, सत्ताधारीहरु विरोधमा सहायता गर्न देखा परेका छैनन् । जातिवादी इजरायली विस्तारवादी सत्ताले बच्चा, बुढाबुढी, लेखक, कलाकार, पत्रकार, डाक्टर आदि सबैलाई हमास आतंकवादी भन्दै गोली र मिसाइलले हत्या गरिरहेछ । तर पनि गाजाका फिलिस्तिनी लडाकाहरु खण्डहर भएका भवनहरुबाट इजरायली सेना र अभेदय शक्तिशाली मर्कवा ट्यांकलाई ध्वस्त पार्दै छन् ।
इजरायली यहुदी कट्टरपन्थीका नेता प्रम नेतान्याहु सिरिया र लेवनानलाई इजरायलमा मिलाएर ग्रेटर इजरायलको सपना देख्दैछ । जसरी अमेरिकी राष्ट्रपति ट्रम्प २० जनवरी अगाडि नै ग्रेटर अमेरिकाको घोषणा गर्दै पनामा र क्यानाडा आदिलाई मिलाउने सपना देख्दै छन् । भारतीय विस्तारवादी मोदी सरकार पनि ग्रेटर (भारत) इण्डियाको सपना देख्दैछन् । नेपाल, भुटान, बंगलादेश, मालद्वीप आदिलाई मिलाएर ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित