–चतुर्भुजलाल दास केवरत
“युगमा जन्मिने मान्छे युगमै बिलाउँछन्
युग जन्माउने मान्छे युगौँ युग सम्मान पाउँछन्”
नेपाली धर्तीमा जन्मेर अक्षरब्रह्मको माध्यमबाट चेतनाको बीउ छर्दै आजीवन सर्वहारा मुक्तिबोधी आन्दोलनमा समर्पित भई आमूल परिवर्तन र सामाजिक रूपान्तरणका लागि कटिबद्ध रहेका सशक्त माक्र्सवादी सौन्दर्य चिन्तकको नाम हो ताराकान्त पाण्डेय । उहाँले वि.सं.त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली विभाग कीर्तिपुरबाट नेपाली मूल विषय लिई स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गर्नुभएको थियो । उहाँले नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरी लामो समयसम्म त्रि.वि.को नेपाली विभागमै प्राध्यापन सेवा गर्नु भयो । बहुआयामिक व्यक्तित्वका धनी ताराकान्त पाण्डेयका धेरै पाटाहरू भए पनि केही मुख्य पाटाबारे थोरै कलम चलाउने धृष्टता गरेको छु । यी शब्दका माध्यमबाट मेरा मार्गदर्शक प्रातस्मरणीय श्रद्धेय गुरुवरप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको प्रथम वर्ष (वि.सं.२०५५) र द्वितीय वर्षमा मैले उहाँबाट ज्ञान आर्जन गर्ने मौका पाएँ । प्रथम वर्षमा गुरुवरले आधुनिक नेपाली कविता पढाउनु भएको थियो भने द्वितीय वर्षमा शोधविधि पढाउनु भएको थियो । दुइटै विषयमा बडो कुशलतापूर्वक अध्ययन गर्ने अवसर जु¥यो । त्यसपछि निरन्तर उहाँको सामीप्य प्राप्त गरेँ । वि.सं.२०६९मा नेपाली केन्द्रीय विभागमा एमफिल तहमा भर्ना हुँदाखेरि गुरुबाट सांस्कृतिक अध्ययन गर्ने सुअवसर प्राप्त भयो । त्यसपछि उहाँसँगको सान्निध्यमा साहित्य र दर्शनका ज्ञानार्जन गर्ने अवसर पाएँ ।
विद्यावारिधि उपाधिका लागि पन्ध्रबाट फरक फरक शीर्षक लिएर म गुरुलाई भेट्न नेपाली केन्द्रीय विभाग कीर्तिपुर पुगेँ र गुरुवरलाई आप्mनो डायरी देखाएँ । गुरुवरले सबै शीर्षकहरू पढेर अन्तिमको शीर्षकमा टक्क अडिनु भयो र मतिर हेरेर मुसुक्क हाँस्नु भयो अनि मलाई सोध्नु भयो, चतुर्भुजजी यो शीर्षकलाई किन अन्तिममा टिपोट गरी ल्याउनु भएको हो ? मैले जवाफ दिएँ, सर ! यो शीर्षकमा अनुसन्धान गर्न मिल्ला र ? किन मिल्दैन वहाँको सहज जवाफ थियो । मैले लेखेको शीर्षक थियो, आधुनिक नेपाली उपन्यासमा मधेसी समाजको प्रतिनिधित्व । मैले गुरुसँग आग्रह गरेँ, हजुरले निर्देशन गरिदिनुहुन्छ भने म यस शीर्षकमा अनुसन्धान गर्न तयार छु । उहाँले हुन्छ पनि भन्नु भएन हुन्न पनि भन्नु भएन केवल मुस्कुराउँदै भन्नुभयो । काम अगाडि बढाउनुस्, हेरौँला । त्यसपछि मैले अनुसन्धान प्रस्ताव लेख्न थालेँ र गुरुकै मार्ग निर्देशनमा आप्mनो अध्ययन कार्यलाई अगाडि बढाएँ ।
१. स्रष्टा व्यक्तित्व
ताराकान्त पाण्डेय श्रमजीवी वर्गका पक्षमा सशक्त रूपमा कलम चलाउनु हुन्थ्यो । उहाँ कवितालाई श्रमकै उपज मान्नु हुन्थ्यो । समाजमा थिचिएका, उत्पीडित वर्ग, जाति, समुदाय र लिङ्गका उत्थानका लागि आप्mनो सिर्जनाका माध्यमबाट सार्वजनिक रूपमा आवाज बुलन्द गर्नु हुन्थ्यो । कवि ताराकान्त पाण्डेले नेपालमा जनमतसंग्रह भएको बेला अर्थात् वि.सं.२०३७ सालबाट कविता लेख्न थालेको पाइन्छ । उहाँले कवितामा वर्गीय संरचना भएको समाजमा सदा शोषित, पीडित र उपेक्षित रहेका सर्वहारा वर्ग अनि निम्न वर्गको पक्षधर भएर काव्य रचना गरेको पाइन्छ ।
२. द्रष्टा व्यक्तित्व
ताराकान्त पाण्डेयले मूलभूत रूपमा कविताको समालोचना गरेको पाइन्छ । यसका अतिरिक्त कथा, उपन्यास विधाका समेत सम्यक् र वस्तुपरक विश्लेषण गरेका पाण्डेयको मुख्य ध्येय वर्गीय विश्लेषण नै रहेको पाइन्छ । माक्र्सवादी सौन्दर्य चिन्तनलाई आप्mनो जीवनको मुख्य आधार बनाएका पाण्डेयका प्रायजसो विश्लेषणमा वर्गीयता, उत्पादनका साधनस्रोतमा अभिजात वर्गको एकल नियन्त्रण, तिनका शोषण, श्रमिक वर्गको श्रमशोषणका सन्दर्भलाई खोतलेर हेरिएको पाइन्छ । उहाँले साहित्यको विश्लेषण गर्दा श्रमसँग जोड्नुका साथै उत्पीडित वर्ग, जाति, लिङ्गको पक्षमा सशक्त आवाज बुलन्द गरेर समालोचना गरेको पाइन्छ । साहित्यिक कृतिको वर्गीय विश्लेषण उनको विशेष पहिचान नै बनेको थियो भन्दा पनि हुन्छ । उहाँ माक्र्सवादी चिन्तनलाई केवल सिद्धान्त मात्रमा होइन व्यवहारमा समेत उत्तिकै प्रयोग गर्ने भएकाले उहाँको सिद्धान्त र व्यवहारमा एकत्व भाव पाइन्थ्यो ।
३. प्राध्यापक व्यक्तित्व
क्याम्पसका कक्षा कोठामा उहाँले पढाउनु भएका विषय राम्ररी बुझन सकिन्थ्यो । ताराकान्त पाण्डेय गुरुले आपूmले पढाउनु पर्ने विषय राम्ररी पढेर, पचाएर सरल र सरस भाषामा विद्यार्थीलाई पढाउनु हुन्थ्यो उहाँको स्मित हास्यको प्रयोग गर्दै विषयवस्तुको सहज प्रस्तुति शिल्प बेजोड खालको थियो । विद्यार्थीले नबुझेका प्रश्न हाँसी हाँसी सहज तरिकाले जवाफ दिएर पढाउने शैली विशिष्ट खालको लाग्थ्यो । उहाँले हामीलाई त्रिचन्द्र बहुमुखी क्याम्पसको स्नातकोत्तर नेपाली विषयको प्रथम वर्षमा आधुनिक नेपाली कविता पढाउनु भएको थियो । आधुनिक नेपाली कवितालाई सहजै बुभ्mने किसिमबाट पढाउनु भएको हाम्रो स्मृति पटमा अभैm ताजै छ । त्यसैगरी आदरणीय गुरुबाट स्नातकोत्तर दोस्रो वर्षमा शोधविधि पढ्ने अवसर पाइयो । शोधविधिमा सैद्धान्तिक र प्रायोगिक दुवै पाटालाई वहाँले छर्ल¨ हुने गरी अध्यापन गराउनु भएकाले हामी शोधार्थीलाई शोधकार्य गर्न निकै सहज भएको हामी अद्यापि सम्झिरहेका छौँ । उहाँको उक्त अध्यापनले हाम्रो उत्तरवर्ती अध्ययन अनुसन्धानमा समेत सकारात्मक र रचनात्मक प्रभाव पारेको छ । एउटा प्राध्यापक व्यक्तित्वका रूपमा भन्नुपर्दा वहाँको प्राध्यापनशैली विशिष्ट खालको रहेको अनुभूत गरियो । दर्शनाचार्य तहमा हामीले वहाँबाट सांस्कृतिक अध्ययन पढ्ने अवसर पायौँ । पश्चिमा सांस्कृतिक अध्ययन सिद्धान्त पढाउँदाखेरि सरल तरिका अथ्र्याइदिनु हुन्थ्यो र सामग्री कहाँ कसरी प्राप्त गर्ने, संकलन गर्ने ती सबैमा उनको सहजीकरण हाम्रा लागि अति नै उपयोगी रहेको पायौँ । उहाँ आप्mना शिष्यलाई राम्ररी ज्ञानार्जन गरी समाज उपयोगी र राष्ट्रोपयोगी काममा लगाउनु पर्छ भन्ने उपदेश दिने गर्नु हुन्थ्यो । विद्यावारिधि गर्न चाहने शोधार्थीलाई शीर्षक छनोटमा बडो गम्भीरतापूर्वक ज्ञानको क्षेत्रमा नयाँ प्राप्ति गर्ने खालको विषय चयन गर्न र लेख्न सदा अभिप्रेरित गर्नु हुन्थ्यो । त्यति मात्र नभएर आप्mनो मातहतमा शोध नगरे पनि जुनसुकै विद्यार्थीलाई पनि आपूmसँग भएको सैद्धान्तिक र प्रायोगिक ज्ञान सहजै हस्तान्तरण र पुस्तान्तरण गर्नु हुन्थ्यो । गुरुले विद्यार्थी एवम् शोधार्थीहरूलाई जहिल्यै मनोबल उच्च पार्ने गरी हौस्याउनु हुन्थ्यो । वहाँको उत्प्रेरक व्यक्तित्व अनौठो खालको थियो ।
४. सम्पादक व्यक्तित्व
पठनपाठनलाई नै आप्mनो जीवनको पर्याय बनाएका ताराकान्त पाण्डेयले विभिन्न पत्रपत्रिका एवम् ग्रन्थको कुशलतापूर्वक सम्पादन गरेका थिए । कोही कोही सम्पादक वर्णविन्यास मात्रै हेर्छन्, कोही कोही वाक्यविन्यास मात्रै हेर्छन् तर तारागुरु त वर्णविन्यास, वाक्यविन्यासका साथै विषयवस्तुको गाम्भीर्य पक्षसमेतलाई सूक्ष्म तवरले केलाएर हेर्ने गर्नुहुन्थ्यो । आपूmले सम्पादनको जिम्मेवारी लिएका पत्रपत्रिकादेखि ग्रन्थावलीमा समेत उनको त्यतिकै मिहिनेत र लगनशीलता हुन्थ्यो । सस्तो लोकप्रियताबाट सदैव टाढा रहने खोज्ने उनको सम्पादक व्यक्तित्व पनि विशिष्ट खालको थियो । उहाँले ‘आलोचना’ समीक्षाप्रधान सामयिक साहित्यिक पत्रिका र ‘कलम’ साहित्यिक त्रैमासिक पत्रिका २०४९मा सम्पादन गरेको पाइन्छ । त्यसपछि नेपालका प्रसिद्ध माक्र्सवादी सौन्दर्यचिन्तक एवम् सशक्त प्रगतिवादी कवि प्रा.डा.जगदीश चन्द्र भण्डारी र उनको सहसम्पादनमा ‘प्रतिनिधि नेपाली समालोचना’ (२०६८) प्रकाशित भएको छ । यसका साथै तारागुरुको नेपालका लब्धप्रतिष्ठित वाम विश्लेषक एवम् चिन्तक मोहन वैद्य ‘किरण’का विभिन्न दार्शनिक एवम् साहित्यिक समालोचना तथा समीक्षा समाविष्ट ‘माक्र्सवादी समालोचना’ (२०७७) को बडो कुशलताका साथ सम्पादन गर्नु भएको थियो । यस ग्रन्थको विषयवस्तु दार्शनिक भएकाले यसमा श्रद्धेय गुरुवरले आप्mनो बौद्धिकताको भरपुर प्रयोग गरेको सबै सामु जाहेर नै छ ।
५. माक्र्सवादी सौन्दर्य चिन्तक
माक्र्सवादी चिन्तनलाई आप्mनो जीवनको उच्च आदर्श मान्ने ताराकान्त पाण्डेय नेपाली राजनीति एवम् दर्शनका क्षेत्रमा माक्र्सवादी सौन्दर्यचिन्तकका रूपमा स्थापित नाम हो । समाजलाई बुर्जुवा वर्ग र सर्वहारा वर्ग भनी विश्लेषण गरेका जर्मनेली दार्शनिकद्वय कार्लमाक्र्स र उनका साथी फ्रेडरिक एङ्गेल्सको दार्शनिक चिन्तनको गहिरो प्रभाव उनमा परेको थियो । उनी साहित्य, कला, संगीत र संस्कृतिलाई वर्गीय विश्वदृष्टिका आधारमा व्याख्या विश्लेषण गर्दथे । आर्थिक पक्ष आधारले समाजमा अधिरचनामा प्रत्यक्ष प्रभाव पार्ने सोही आधारले सामाजिक विमर्शात्मक संरचनामा शक्तिसम्बन्धका आयामहरू निर्माण गर्ने उहाँको प्रस्ट व्याख्या थियो । उत्तरमाक्र्सवादी र नवमाक्र्सवादीहरूले माक्र्सवादी सौन्दर्य चिन्तनमा आधारभन्दा पनि अधिरचनामा बढी जोड दिँदै वर्गेतर अध्ययनमा केन्द्रित हुन थालेकाप्रति उहाँको विमति रहन्थ्यो । यस्तो गतिविधिलाई उहाँ माक्र्सवादी सौन्दर्य चिन्तन धारालाई भ्रष्टीकृत गर्ने, अपव्याख्या गर्ने संज्ञा दिने गर्नुहुन्थ्यो । गरिब, विपन्न, सीमान्तीकृतका पक्षमा बुर्जुवाका विपक्षमा उभिने र सदा बोल्ने उनको सिद्धान्त र व्यवहारमा मैले एकनिष्ठता पाएँ । अचेल यस्तो एकनिष्ठ व्यक्तित्व पाउन अलिक गार्है पर्छ । उहाँ आप्mना विषयवस्तु बडो गम्भीरतापूर्वक, शालीन ढंगबाट पूर्वाग्रहरहित तरिकाले प्रस्तुत गर्नुहुन्थ्यो । व्यक्तिगत, पारिवारिक, जातीय एवम् दलीय स्वार्थभन्दा माथि उठेर समस्त श्रमजीवीका पक्षमा वकालत गर्ने उहाँ एकजना सच्चा कम्युनिष्ट कार्यकर्ता, प्रवक्ता र माक्र्सवादी सौन्दर्य चिन्तक हुन्थ्यो । उहाँका प्रायजसो अभिव्यक्तिमा प्राधिकारयुक्त माक्र्सवादी सौन्दर्य चिन्तनको अभिव्यञ्जना पाइन्थ्यो ।
निष्कर्ष
ताराकान्त पायडेय गुरुले निर्देश गर्नु भएका र सिकाउनु भएका ज्ञानको सदुपयोग गर्दै समाजका उत्पीडित वर्ग, जाति, लिङ्ग क्षेत्रका सीमान्तीकृत मानिसका बारेमा केही गर्न सकौँ भन्ने प्रणसमेत गर्दछु । सम्भवतः त्यही नै समादरणीय गुरुवरप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । प्रा.डा. ताराकान्त पाण्डेय आधुनिक नेपाली कविताका पारखी हुनुहुन्थ्यो । नेपाली कवितामा प्रयुक्त विभिन्न कालखण्डका गतिविधिहरूलाई समय, काल, परिस्थितिसँग जोडेर हेर्ने अनि युगबोधको खोजी गर्ने उनको चिन्तन बेजोड रहेको थियो । कवितामा बिम्ब र प्रतीक अनि विभिन्न सङ्केतलाई केलाएर अध्ययन विश्लेषण गर्ने पाण्डेय वास्तवमा आधुनिक नेपाली कविताका कुशल अध्येता त थिए नै सँगसँगै प्रखर माक्र्सवादी व्याख्याताका साथसाथै माक्र्सवादी सौन्दर्य चिन्तकसमेत हुनुहुन्थ्यो । उहाँ सबैसँग समव्यवहार गर्नुहुन्थ्यो । उहाँ आस्था र विचारका आधारमा कसैसँग पनि फरक व्यवहार गर्नु हुँदैनथ्यो । अनुसन्धानकर्ता, शोधार्थीका सहजीकरणका लागि जहिल्यै सहयोग गर्न तत्पर रहने उहाँको वाणीमा चारुप्रियता थियो । नेपाली माक्र्सवादी सौन्दर्य चिन्तक ताराकान्त पाण्डेयको असामयिक निधनले यहाँको प्राज्ञिक क्षेत्रमा अपूरणीय क्षति हुनुका साथै माक्र्सवादी चिन्तन धारामा समेत अभावको अनुभूति हुन थालेको छ ।
साभार ः ताराकान्त (ग्रन्थ)