संसद अधिवेशनको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वि.सं. २०७९ पुस २५ गते सोमबार १ बजेका लागि राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेकी हुन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

मंसिर ४ गतेको संघीय संसदको निर्वाचन पश्चात् मंसिर २८ गते निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको थियो । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद अधिवेशन आह्वान गर्ने प्रावधान संविधानमा उल्लेख छ । संसदमा जेष्ठ सदस्य पशुपति शम्सेर जवराले प्रारम्भिक अधिवेशनको अध्यक्षता गर्ने र सभामुखको भूमिका निर्वाह गर्ने  बताइएको छ ।

अधिवेशनले प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको पनि निर्वाचन गर्ने छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिनु पर्नेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित