राममणि बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सवका सन्दर्भमा खेल उत्सव जारी

 

रुपन्देही । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेल उत्सव अन्तर्गत दोस्रो दिन माघ २५ गतेका प्रतियोगिता सम्पन्न भएका छन् ।उत्सवको दोस्रो दिन स्लो साइकल रेस, टेबल–टेनिस र घैंटो फोर्ने कार्यक्रम भए ।स्लो साइकल रेस छात्रतर्फको प्रतियोगितामा विपिन भण्डारी पहिलो, रोहन क्षेत्री दोस्रो र रवि गोतामे तेस्रो भएका छन् ।स्लो साइकल रेस छात्रातर्फको प्रतियोगितामा अंशु भट्टराई पहिलो, अनिता भण्डारी दोस्रो र अनिशा न्यौपाने तेस्रो भए ।त्यस्तै, टेबल–टेनिस छात्रतर्फको प्रतियोगितामा आशीष घिमिरे पहिलो, विवेक ढकाल दोस्रो र आयुष कौशल तेस्रो भएका थिए ।टेबल–टेनिस छात्रातर्फको प्रतियोगितामा आकृति अधिकारी पहिलो, कृति पाण्डे दोस्रो र समीक्षा ज्ञवाली तेस्रो भएका छन् ।यसैगरी, घैंटो फोर्ने (हण्डी फोर) प्रतियोगितामा नवीना अधिकारीे, आशा पौडेल, एरिक के.सी. र सुरक्षा अधिकारी विजयी भएको क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक (ई.सी.ए. कोअर्डिनेटर) जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित