छुवाछूत अपराधमा संलग्न व्यक्तिहरुलाई कार्वाही गर्न माग

काठमाडौं । नेपालमा छुवाछूत र जातीय विभेदका घटनाहरु घटिरहेका छन् । भर्खरै मात्र अछाम, सर्लाही, कपिलवस्तु लगायतका जिल्लाहरुमा छुवाछूत अपराधका घटना भएका छन् । ती सबै घटनाहरुमा छुवाछूत अपराध गर्ने दोषीहरुलाई कार्वाही गर्न एकीकृत दलित मुक्ति मोर्चा, नेपालले माग गरेको छ । सो मोर्चाका केन्द्रीय कार्यवहाक संयोजक टेकबहादुर वि.क.ले २०८१ माघ २४ गते एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अपराधीहरुलाई कार्वाही गर्न माग गर्नु भएको हो । का.वा. संयोजक टेकबहादुर वि.क.द्वारा जारी विज्ञप्ती निम्न अनुसार छ–“हालै देशभरि जातीय विभेद र छुवाछूतका घटनाहरु पुनः दोहोरिएका छन्, यी घटनाहरुले समाजमा व्याप्त अन्याय, असमानता र उत्पीडनलाई पुनः उजागर गरेका छन् । विशेष रुपमा निम्न घटनाहरु हाम्रो गम्भीर ध्यानाकर्षणमा परेका छन् ः
१) अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट माविको घटना २०८१ माघ २१ गते विद्यालयमा आयोजित सरस्वती पुजामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सज्जन परियारसहितका अभिभावक तथा दलित समुदायका विद्यार्थीहरुमाथि पुजारी चेतराज भट्ट लगायतका व्यक्तिहरुले जातीय भेदभाव तथा छुवाछूत गरेको घटना गम्भीर रुपमा निन्दनीय छ ।
यस्तो अपराधले शिक्षालय जस्तो स्थललाई नै कलंकित बनाएको छ ।
२) सर्लाही जिल्लाको अन्तरजातीय विवाहमाथि बरथहवा नगरपालिका वडा नं. ४ निवासी सत्येन्द्र राम र बरहथवा वडा नं. ५ की नेहा रौनियारबीच सम्पन्न कानुनी विवाहपछि पनि उनीहरुलाई विवाह सम्बन्धबाट छुटाउने क्रम जारी छ । ३ पुसमा कपिलवस्तु जिल्ला अदालतमा नेहा रौनियार ‘कोर्ट म्यारिज’ गरेका सत्येन्द्र रामलाई सर्लाहीमा बालबिवाहको जाहेरी दर्ता गराई बालबिबाह, लागु औषध र मानव बेचबिखन जस्ता झुटा मुद्दामा फसाउने प्रयास गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको प्रारम्भिक छानवीनले समेत प्रहरी शक्तिको चरम दुरुपयोग भएको प्रमाणित गरेको छ । सत्ताको चरम दुरुपयोग मार्फत् दलितमाथि उत्पीडन गर्ने कार्य प्रति घोर आपत्ति प्रकट गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित