क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पूर्ण बैठक जारी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक २०८१ माघ २६ गतेदेखि काठमाडौंमा बसिरहेको छ । बैठक माघ ३० गतेसम्म चल्ने बताइएको छ ।
पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बैठक बसिरहेको छ । पार्टी महासचिव किरण निमोनियाका कारण लामो समयसम्म अस्पताल भर्ना भइ हाल अस्पतालबाट डिस्चार्ज भएर स्वास्थ्य लाभ गरिरहनु भएकोले कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बैठक बसिएको हो ।
“बैठकले संगठन र संघर्ष सम्बन्धी महत्वपूर्ण निर्णय लिने छ”– पार्टीका कार्यवहाक महासचिव गौरवले हाँकसित कुरा गर्दै भन्नुभयो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले संगठन र संघर्षका कार्यक्रमबारे आफ्नो मत राखिरहेको र अन्त्यमा, पार्टीको समग्र आगामी कार्र्ययोजना तय गर्दै बैठक सकिने बताइएको छ ।
(का. वा. महासचिव गौरवको अन्तर्वार्ता हाँक साप्ताहिकको यही अंकको पृष्ठ ३ मा हेर्नुहोस्)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित