मेरो उपचारमा सहयोग गर्ने सबै साथीहरुलाई धन्यवाद

– धर्मराम वि.क.
२०२४ असार १५ गते वैतडी जिल्ला पाटन नगरपालिका वाड न.१ सकारमा मेरो जन्म भएको हो। बुबा दानीराम लोहार र आमा कमलादेवी लोहारबाट मेरो जन्म भएको हो। हामी दुई भाई हौं । मेरो भाई ताराराम कामी हुन्। मेरा दुईटी बहिनी पनि छन् सीता र गौरी ।
मैले श्री सिद्धेश्वर निम्न माध्यमिक विद्यालय मेहेलचौर वैतडीबाट कक्षा सातसम्म अध्ययन गरेको थिएँ। भारत आइसकेपछि मैले वेंङलोरबाट प्राइभेट परिक्षा दिएर एस एलसी सम्मको अध्ययन गरेको छु मेरो विवाह २०४६ सालतिर द्रोपती वि.क.सित भएको थियो । मेरा १ छोरा र १ छोरी छन्। छोरी प्रतिभाले बिइ अध्ययन गर्दैछिन् र रोजगारी पनि गर्दै छिन् । छोरा सन्तोष पनि अध्ययन गर्दैछन् ।
म सबैभन्दा पहिले वेंङलोरमा १९८६मा अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएको हुँ म भलिवल खेल्न सक्रिय थिएँ । मेरो सक्रियतालाई देखेर मलाई सबैभन्दा पहिले अखिल भारत नेपाली एकता समाजको सदस्यता चन्द्रबहादुर .िवक.ले दिनु भएको हो । उहाँ १९८२ देखि नै एकता समाजमा आबद्ध हुनुहुन्थ्यो वहाँ मेरै जिल्ला का हुनुहुन्थ्यो ।वहा सामाजिक भावना भएको असल मान्छे हुनुहुन्थ्यो केही वर्ष पहिले वहाँको मृत्यु भयो । अखिल भारत नेपाली एकता वेंङलोरको लालवाद एरिया समिति, दक्षिण भारत क्षत्रीय समितिमा काम गरेको थिएँ ।अहिले म केन्द्रीय समितिको सदस्य छु । अहिले मेरी श्रीमती एकता समाजको क्षेत्र र नगरको महिला विभागमा काम गर्छिन् । छोरी प्रतिभा र छोरा सन्तोषकुमारले अखिल भारत नेपाली विद्यार्थी संघमा काम गर्दछन् ।मेरो परिवार समाज संगठनप्रति सचेत छन्।
संगठन कै कामको शिलसिलामा गत मंसिरमा म काठमाण्डौ गएको थिएँ । कार्यक्रम चलिरहेकैबेला अचानक म बेहोस भएछु । मलाई संगठनका साथीहरुले पहिले किर्तिपुर अस्पतालमा लानु भएछ । अस्पतालले मुटुको समस्या हो भने पछि हाम्रा संगठनका साथीहरुले एम्बुलेन्सको व्यवस्था गरेर मनमोहन अस्पताल महाराजगञ्ज पु¥याउनु भएछ । तुरुन्तै उपचार पाएकाले मलाई स्वास्थ्यलाभ भयो । कार्यक्रम सकेपछि स परिवार पोखरा भ्रमण गरौंला भन्ने हामीले सोचेका थियौं । मेरो स्वास्थ्य अवस्थाको कारण पोखरा भ्रमण गर्न सकेनौं । मेरो स्वास्थ्यमा गडबडी भएपछि मेरो परिवारका सदस्यहरु तुरुन्तै काठमाण्डौ आए । करिब १ हप्ता काठमाण्डौ बस्यौं । २६ डिसेमबरमा भारत फर्कियौं । मेरो स्वास्थ्य समस्या भएका बेला मलाई मद्दत गर्ने संगठनका साथीहरु म धन्यवाद दिन चाहन्छु । खगेश्वर शमार्, केबी गुरुङ, रामसिंङ वि.क., करण दयाल , कृष्ण परियार , नारायण शर्मालगायत सबैलाई धन्यवाद दिन चाहन्छु । महेन्द्र वश्यालले तुरुन्तै उपचारको लागि आर्थिक व्यवस्थापनको लागि मद्दत गर्नु भयो । करण दयालले गाउँपालिकाबाट विपन्न सहयोग उपलब्ध गराउन मद्दत गर्नुभयो । संगठनको तर्फबाट खटिएकी स्वास्थ्यकर्मी साथी रिना गेलाल (महोत्तरी) मद्दत गर्नुभयो । अन्य स्वयम्सेवक साथीहरुले पनि धेरै मद्दत गर्नु भएको थियो सबैको नाम मैले सम्झिन सकेन उहाँहरु सबैलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ ।
भारतमा अहिले नेपालीहरुले जागिर पाउन मुश्किल छ । प्राय सेक्युरिटी गाडर्, होटेल, कोठी ड्राइभिङ यस्तै काममा नेपालीहरु काम गर्छन् । अहिले नेपालीहरुलाई थुप्रै समस्याहरु छन् । नोकरीको बेला बिमारी पर्नु पुँजिपतिहरुबाट ठगिने समस्या , स्थानीय गुण्डाहरुबाट मारपिट र धम्कीको समस्या रोजगारी कै समयमा मृत्यु हुने समस्या छन् । कैयौं नेपालीहरु सडक दूर्घटनामा पनि मृत्यु भएका छन् । नेपालीहरुका सबै दुःख सुखमा अखिल भात नेपाली एकता समाज सहयोगी र आत्मीय संगठन भएकाले नेपालीहरुकोबीचमा यो संगठन लोकप्रिय छन् । मैले अहिले सिमित रुपमा गारमेण्ट लाइनमा काम गर्दछु छोरी विद्यार्थी हुनुका साथै सफ्टवयर इन्जिनियर हुन् ।छोराले बिबिए गरेर रोजगारी पनि गर्दछन्। उनीहरुको कमाइको कारणले गर्दा अहिले मलाइ विगतमा भन्दा सजिलो भएको छ । सकभर समय निकालर समाज र संगठनकोलागि काम गर्दछु । नेपाल फर्किएपछि पनि सामाजिक सेवा र संगठनकोलागि काम गर्नेछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित