दाङमा जनयुद्ध दिवश

 

घोराही । दाङ जिल्ला सेक्रेटेरी इश्वरी प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य हिरामणी दुखीले तत्कालीन नेकपा माओबादी जनयुद्धले सँसार हल्लाइरहेको अवस्थामा नेताहरु जेलमा रहेको समयमा जनयुद्धलाई षड्यन्त्रपुर्बक टुङ्ग्याउने काम भएको बताए । जसले गर्दा पार्टी भित्र मतभेद सुरुहुदै माओबादी आन्दोलनमा बिचलन आएपछि पार्टीको बिचार सिद्धान्त बचाउन पार्टी टुक्रिएको उनको भनाइ थियो । पार्टीको राष्ट्रिय एकता महाधिवेशनले जनयुद्धको जगमा टेकेर नयाँ जनबादी क्रान्तिका बाकी कार्यभार पूरा गर्ने नयाँ जनबादी क्रान्तिको खुड्किला पारगर्दै बेैज्ञानिक समाजबादमा जाने योजनाका साथ अगाडि बढेको उल्लेख गर्दै पार्टीको योजना अनुसार सङघर्षमा अगाडि बढन आग्रह गरे ।

पोलिटब्युरो सदस्य शशिधर भण्डारीले जनयुद्धको थालनी गर्नेहरु अहिले आलिसान महलमा बस्दै जनयुद्ध अपराध थियो भन्ने समेत पछाडि परेनन भन्दै जनयुद्ध लडेकाहरु नै अहिले विभिन्न अपराधमा फसेका र जनयुद्धको अपब्याख्या गर्नु दुखद रहेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य शशिराम बुढाथोकी, अमर पोख्रेल, सहिद परिवार सुन्दरलाल चौधरी गिता स्मृति फाउन्डेसनका अध्यक्ष नरेन्द्र बहादुर बञ्जाडे, बामदेम पोख्रेल, गोपाल बैद्द लगायतका बक्ताहरुले मन्तब्य दिएका थिए ।

उक्त कार्यक्रममा गिता स्मृति फाउन्डेसनले प्राथमिक बिद्यालय बेलुवामा अध्ययनरत ६० जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित