काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कृष्णदेवी ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले २०८१ साल फागुन २ गते एक प्रेस वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. १ निवासी कृष्णादेवी ओलीको गत माघ २९ गते दुःखद निधन हुन पुगेको छ ।
उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्व्यूरो सदस्य बालकृष्ण ओलीको ममतामयी आमा हुनुहुन्छ । उहाँको मृत्युको यस दुःखद घडीमा पार्टीले सम्पूर्ण परिवार, साथीभाई एवं शोकसन्तप्न परिवारप्रति समवेदना व्यक्त गरेको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं १ निवासी कृष्णादेवी ओलीको गत माघ २९ गते दुःखद निधन भएको छ । १९७६ सालमा जन्मनु भएकी उहाँ हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य बालकृष्ण ओलीकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका दश छोरा र एक छोरी हुनुहुन्छ । दुःखको यस घडीमा हाम्रो पार्टी आमा कृष्णादेवी ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, मृतक कृष्णादेवी ओलीका छोरी तथा छोराहरु, नाति–नातिना लगायत सम्पूर्ण परिवार, साथीभाइ एवम् शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
कृष्णदेवी ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

Comments