पाण्डिचेरी, भारत । अखिल भारत नेपाली एकता समाजले लक्षिमा पाध्यानीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पाध्यानीको २०८१ माघ १५ गतेका दिन धुल्लु गहतेमा आफ्नै निवासमा दुःखद निधन भएको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य र पाण्डेचेरी नगर कोषाध्यक्ष जनकराज शर्माको आमा हुनुहुन्छ । साथै अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा २०२५, फरवरी ९ गतेका दिन शोकसभा सम्पन्न गरेको छ ।
कोषाध्यक्ष आर. जनकराज शर्मा की ७६ बर्षीय आमा लक्षिमा पाध्यानीको दिनांक २८ जनवरी २०२५ तदानुसार २०८१ माघ १५ गतेका दिन धुल्लु गहते आफ्नै निवासमा दुखद निधन भएको छ। निजको दुखद निधनले हामी सबैलाइ मर्माहित बनाएको छ । यस संकटको समयमा अखिल भारत नेपाली एकता समाज उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवार प्रति हार्दिक संवेदना प्रकट गर्दछौं ।
अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा शोक सभा सम्पन्न गरेको छ
जैमिनी नगरपालिका वार्ड नंबर ७ धुल्लु गहते, बागलुङ जिल्ला निवासी हाल पान्डीचेरीमा कार्यरत अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य साथै नगर कोषाध्यक्ष आर. जनकराज शर्मा आमा लक्षिमा पाध्यानीको सम्झनामा अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको नगर कार्यलय मा मिती ०९–०२–२०२५ कादिन शोक सभा सम्पन्न भएको छ जनकराज शर्माले चल्दै आएको कु संस्कृतिलाई परिवर्तन गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने अठोटका साथ शोक सभाको कार्यक्रम लाई एक रुपता दिनु भएको छ । उहाले कोरा नपसी कपाल नखौरी प्रगतिशील रुपमा मृत्यु संस्कारलाई कार्यलाई अगाडि बढाउनु भएको छ
संगठनले उहाँको यो कदम र आट लाई हमेसा सघाउने छ कार्यक्रम नगर अध्यक्ष सुर्य थापाको अध्यक्षता र नगर सदस्य प्रेम सुवेदीको संचालनमा अगाडि बढेको कार्यक्रममा आमा लक्षिमा पाध्यानीको समझना मा एक मिनेट मौनधारण पछि आमाको तस्वीरमा फूलका गुथा र अविरले सम्मान गरिएको थियोे साथै छोरा आर जनकराज शर्माले आमा प्रतिको सम्मानलाई कुन तरिकाबाट सम्झने र कुन तरिकाबाट उहाँले देखाएका बाटा हरुलाई अंगाल्ने भन्ने बारेमा र कुरीति र कुसंस्कारलाई हामी कुन रुप रेखामुनि राख्ने बारेमा र काजकीरिया नगर्नाले के हुन्छ या गर्ने ले के उपलब्धि हासिल गरेको छ यो जगत मा जन्मे पछि मृत्यु सबैको हुन्छ तर यहाँ परिवर्तनका बाटाहरु के हुन र कसरी गर्दै जाने बारेमा आफ्ना भनाइ हरु राख्नु भएको थियोे क्रमशः शोक मन्तव्य राख्नेहरुमा प्रवासी संघ भारत केन्द्रीय समिति हिरामणि शर्मा , अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य राजु थापा, कुमारी थापा, हरिकला थापा ,नगर सदस्य रमेश थापा , शिवा बस्नेत , दक्षिण टाउन एरिया समितिबाट किरान क्षेत्री , सुरेन्द्र चौधरी , राजेश चौधरी , सुरज चौधरीले शोक मन्तव्य राख्नु भएको थियोे कार्यक्रमको अन्तमा अध्यक्ष सुर्य थापाले समाजमा जे जस्ता अवस्था आउछन् । यी सबैलाई हामी छिचोल्दै जानू नै हाम्रो दाहित्व हो भन्ने धारणा राख्नु भयो । आफुले पनि काज कीरिया नगरेको र आज जनकजीले पनि नगर्दा आफू एक्लो नभएको जनाउँदै पान्डिचेरीमा गत समयमा बालकृष्ण गायक , नरबहादुर के सी . र उटी बिरेन्द्रा थापाले काज कीरिया नगरेको शोक सभा गरेको कुरा राख्दै शोक सभाको कार्यक्रममा आफू सहभागी भएको सुचित गर्दै कार्यक्रममा सहभागी सबैलाई सम्मान साथ धन्यवाद दिदै कार्यक्रमको विसर्जन गर्नु भएको थियोे ।
लक्षिमा पाध्यानीप्रति श्रद्धाञ्जली अर्पण

Comments