बेङ्गलोर । अखिल भारत नेपाली एकता समाज बेङगलोर दक्षिण नगर समिति अन्तर्गत १६ फेब्रुअरी २०२५ का दिन इजिपूरा एरिया भेला सम्पन्न भएको छ । समितिले नयाँ सदस्यता अभियानको दौरानमा श्रमजीवी नेपाली मजदुरहरूको भेलाको आयोजना गरेको हो । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य बोम बहादुर परियार र केन्द्रीय सदस्य तथा महिला नेतृ ज्ञानमती वि. क. को पहलकदमी र केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक , नगर अध्यक्ष राम दत्त पाण्डे नगर सचिव अर्जुन भट्टको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले स्याम बहादुर परियारको अध्यक्षमा १७ सदस्यीय एरिया संगठन समिति गठन गरेको छ। जसमा अध्यक्ष स्याम बहादुर परियार ,उपाध्यक्ष भिम बहादुर परियार , सचिव नन्दलाल परियार ,सहसचिव प्रेम भट्टराई , कोषाध्यक्ष देवकला परियार र सदस्यहरूमा देबकला दर्जि , करण बहादुर बोहरा , बोम बहादुर परियार , ज्ञानमती बिक ,चन्द्र कला परियार ,बिजय परियार , कलावती लोहार , नरेन्द्र उपाध्याय ,मनिष भट्ट, संगें नेपाली , बिमला परियार , अमृता परियार रहनु भएको छ ।भेलाको उद्घोषक नगर सहसचिव अर्जुन भाटलेले गर्नुभएको थियो भने अध्यक्षता ग्रहण स्याम बहादुर परियारले गर्नुभएको थियो।
उपस्थित जनमानसलाई बोम बहादुर परियारले शब्द बाट स्वागत गर्नु भएको थियो ।स्वागत केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिकले देशमा रोजिरोटीको व्यवस्था नभएकोले नेपालीहरू विदेशमा आफ्नो श्रम बेच्न बाध्य छन्। आज देशको वर्तमान अर्धसामन्ती र अर्धऔपनिवेशिक तथा सामन्त दलाल नोकरशाही पुँजीवदी प्रतिक्रियावादी राजनीतिक व्यवस्थाले प्रवासी नेपालीहरूका हक हितमा कुठाराघात गरिरहेको छ । भारतमा ठूलो सङ्ख्यामा प्रवासी नेपालीहरू छन् रोजी रोटीको खोजीमा संसारका अन्य देशहरू जस्तै यूरोप, रूस, अमेरिका, दक्षिणपूर्वी एशिया, अरब आदि भागहरूमा पनि नेपालीहरू छरिएका छन् । अस्थायी रूपले पनि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशमा गएर बसेका छन् । नेपालमा प्रतिक्रियावादी आर्थिक, राजनीतिक व्यवस्थाका कारणले देशभित्र जीवन निर्वाहका साधनहरूको अभावमा ठूलो सङ्ख्यामा नेपालीहरू विदेशमा जानु परेको कुरा खाडी देश लगायत भारतमा नेपालीहरू कैयौँ प्रकारका अन्याय अत्याचारको शिकार हुनु परिरहेको छ र नेपालका अहिलेसम्मका सबै प्रतिक्रियावादी तथा अन्य सरकारहरूले उनीहरूका न्यायपूर्ण हकहितको रक्षाको प्रश्नमा पनि हद दर्जाको उपेक्षाको नीति अपनाएका छन् भन्ने धारणा राख्नु भएको थियो।
नयाँ निर्वाचित संगठन समिति लाई बधाई सिनेमा नगर अध्यक्ष राम दत्त पाण्डे, केन्द्रीय सदस्य तथा महिला नेतृ ज्ञानमती विक, मोहन लाल परियारले बधाई तथा शुभकामना दिनुभएको थियो।
इजिपुरा एरिया भेला सम्पन्न

Comments