मोरङको कानेपोखरी

 

मोरङ । मोरङ जिल्लाको कानेपोखरी गाँउपालिकाको ७ नम्वर वडामा रहेको पोखरीलाई काने पोखरी भनिन्छ । धिमाल जातिको उत्पत्ति स्थल धनकुटाको राजारानीबाट मधेस झर्ने धिमालहरुले खाजा खान यहि पोखरीको डिल प्रयोग गर्ने र खाने पोखरी हँुदै अपभ्रस भइ कानेपोखरी नाम रहन गएको एउटा भनाई छ । धिमाल भाषामा वकुल्लालाई काने भनिने गरेको र वकुल्ला वस्ने पोखरी भएकाले काने पोखरी नाम रहन गएको अर्को भनाई छ । । मान्छेको कानको आकारमा रहेकाले पनि यस पोखरीलाई काने पोखरी भन्ने गरिएको बताइन्छ । हाल पोखरी क्षेत्रमा धिमाल जातिको महाराजको थान रहेको छ । धिमाल जातिको सो थानमा वैसाख जेठमा मेला समेत लाग्ने गरेको छ । करिव १० कट्ठा जग्गामा फैलिएको पोखरी पुर्व पश्चिम राजमार्गको कानेपोखरी चौकबाट १०० मिटर दक्षिणमा रहेको छ । कानेपोखरी गाँउपालिका र चौकको नाम पनि यसै पोखरीका नामबाट राखिएको छ । पोखरीको छेउँमा मानिसको कानको आकृति निर्माण गरिएको छ ।
फोटो – योगेन्द्र ढकाल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित