पुस १५, काठमाडौं । आज पुस १५ गते देश, विदेशमा रहने तमुहरुले (गुरुङहरुले) ल्होसार पर्व मनाउँदै छन् । तमुहरुले आज काठमाडौं टुंडिखेलमा एक समारोहका बीच सो पर्व मनाउँदैछन् ।
नेपालमा गुरुङ बाहेक तामाङ र शेर्पासहित हिमाली आदिवासी जातिहरुले बेग्लाबेग्लै मितिमा ल्होसार पर्व मनाउने गर्दछन् । इच्छाकामना न्यूज डटकमका सम्पादक देव गुरुङका अनुसार आज पुस १५ गतेबाट नयाँ वर्ष शुरु भयो । तमु भाषामा “ल्हो” भनेको वर्ग र “सार” भनेको प्रारम्भ हो । गुरुङका अनुसार बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, मृग, मुसा, गाई गरी १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ । हिजोसम्म बाघ वर्ग चल्दै थियो र आज पुस १५ गतेबाट बिरालो वर्ग शुरु भएको छ । अर्को वर्ष पुस १५ सम्म जन्मने मानिसहरुलाई बिरालो वर्गमा राख्ने गर्दछन् । अर्को वर्ष १५ पछि गरुड वर्ग शुरु हुनेछ । तमु ल्होसार पर्वको अवसरमा नेपाल सरकारले केही वर्षदेखि सार्वजनिक विदा दिंदै आएको छ ।
आज तमु ल्होसार मनाइँदै

Comments