सत्तालोलुप मसाल नीति

पुस १५, काठमाडौं । माओवादी नेता प्रचण्ड प्रधानमन्त्री बन्नका लागि एमाले नेता ओली समक्ष गएको घटनालाई २०७९ पौष १० गते मसालका महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य प्रकाशित गर्दै विरोध गरेका थिए । वक्तव्यमा भनिएको थियो –“प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो । त्यो कार्य जनतासित ठूलो धोका पनि हो । प्रधानमन्त्री बन्नका लागि उनले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरुसित पनि गठबन्धन गरेका छन् ।” तर त्यही पार्टीका अर्का नेता तथा प्रतिनिधि सभामा बागलुङबाट सांसद निर्वाचित चित्रबहादुर केसीले आफूले संसदमा विश्वासको मत प्रचण्डलाई नै दिने संचारमाध्यमलाई बताएका छन् ।
केसीको विचार आएपछि कतिपय व्यक्तिहरुले बजारमा मोहन विक्रम र चित्रबहादुरको प्रतिगमन सच्चिएछ कि भनेर मसाल नीतिलाई हाँसी मजाक गरेको पाइएको छ भने कतिपयले मसाल अब सिद्धान्तबाट यति च्यूत भइसक्यो कि ऊ अब प्रतिक्रियावादी सत्ताको आड नलागेर टिक्न नसक्ने दक्षिणपन्थी खाडलमा भासिएको पनि भनेका छन् । “जता काफल पाक्यो उतै चरी नाँच्यो मसालको चरित्र हो ।” केही विश्लेषकहरुको ठम्याइँ छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित