मशालको दलित विभागको माग

काठमाडौं । विभेदजन्य व्यवहार गर्ने व्यक्तिलाई नेकपा (मशाल) केन्द्रीय दलित विभागले कार्वाहीको माग गरेको छ । दलितहरु माथि आत्मसम्मानमा चोट पुग्ने गरी समाजिक सन्जालमा जातीय वितृष्णा फैलाउने व्यक्तिलाई कार्वाही गर्न विभागका प्रमुख गौरीलाल कार्कीले आज एक वक्तव्य प्रकाशित गरी सो माग गरेका हुन् ।

मधु खड्का क्षेत्री फेसबुक नामबाट आफुलाई कलाकार बताउने व्यक्तिले सामाजिक सन्जालबाट दलितहरुलाई अपमानित शब्द प्रयोग गर्दै समाजमा जातीय सद्भाव खलबलाउने प्रकारका शब्द प्रयोग गरेको हुँदा उनलाई कानुनी दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान आकर्षण गराउँदै निजलाई कानुनी दायरामा ल्याउन र यस्ता विकृति रोक्न माग गरिएकोछ ।

No description available.

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित