देशभर टोपी दिवस मनाइदै

पौष १७, काठमाडौ । आज अङ्ग्रेजी वर्ष २०२३ को पहिलो दिन राष्ट्रिय टोपी दिवस पनि हो। दस वर्ष देखि नेपालमा टोपी दिवस मनाउने चलन चलेकोछ।

सन्सारका टोपी लगाउने चलन भएका विभिन्न देशहरुमा फरक फरक ढाँचाका टोपी लगाउने गरिन्छ । अफगानिस्तान जस्तो मुस्लिम बाहुल्य मुलुकमा एक खालको टोपी लगाइन्छ भने प्यालेस्टाइनमा त्यहाँका प्यालेस्टाइनी नेता यासेर आराफातले लगाउने टोपी चर्चित छ । अन्य मुस्लिम मुलुकका राजा वा राष्ट्रपतिले लगाउने टोपी फरक फरक ढाँचाका हुन्छन् । भारतको पश्चिम पहाडमा लगाउने टोपी गढुवाली टोपीको नामले प्रख्यात छ भने भारतकै पूर्वी पहाड दार्जिलिङ ,सिक्किममा लगाउने टोपी नेपाली टोपी नामले प्रख्यात छ। नेपालकै हिमाली जातिहरुले लगाउने टोपी जनावरका रौंबाट बनाइएका न्यानो खालका हुन्छन् ।

नेपाल भित्र भक्तपुरको भादगाउँले टोपी र पाल्पाको ढाका टोपी प्रख्यात नेपाली टोपीहरु हुन। पाल्पा तानसेनका उद्धमी गणेशमान महर्जनले वि। स।२०१३ सालमा बङ्गालादेशको राजधानी ढाकाबाट ढागोबाट कपडा बुन्ने मेसिन ९प्रविधि ० भित्राएर कपडा बुन्न सुरु गरेका थिए । आज त्यस प्रविधिबाट बुनेका कपडाहरु ढाका कपडाको नामले प्रख्यात छन । ढाका कपडाबाट बनेको टोपीलाई ढाका टोपी भनिन्छ।

यातायातको सुविधा नभएका बेला भारी बोकेर हिंड्दा टोपीले टाउकोलाई जोगाउथ्यो। टोपीले जाडो र चर्को घामबाट मानिसको टाउकोको सुरक्षा गर्दछ । टोपीले सानातिना चोटपटक लाग्नबाट टाउकोलाई जोगाउन सक्छ । टोपी नेपालको राष्ट्रिय पोशाक हो ।नेपाली टोपीले सन्सारभरी नेपालीको पहिचान गराउँदछ । जय टोपी दिवस १

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित