चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नईको संयुक्त आयोजनामा ११५ औ अन्तराष्ट्रिय महिला दिवस ८ मार्च कार्यक्रम ९ मार्चका दिन चेन्नईको माधवराम राउन्डटना नजिकै आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता फुलमाया केसीले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्द बाट माया रोकाले र संगीतबाट रक्तिमका कलाकारहरुले ले स्वागत गरेका थिए। नारी दिवसको औचित्यबारे प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र वस्यालले प्रकाश पार्नु भएको थियो। कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाज केंद्रीय महिला विभागकी ईन्चार्ज दुर्गा सुवेदी, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य बन्सरा राना, सुनिता वस्याल, सिता घिमीरे, हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, केन्द्रीय सदस्य हरि जिसी, विद्यार्थी केन्द्रीय सदस्य बिक्रम केसी, समाजसेवी तुलसा सापकोटा, रक्तिम कलाकारको तर्फबाट प्रेम गोतामे, कुमारी रायमाझी, सिता थापा, गंगा देवी शर्मा, ईन्द्र थापा, भीम बहादुर थापा, प्रेम सागर सुवेदी, माया थापा, खेमनाथ शर्मा, लक्ष्मी परियार, हलको तर्फबाट धर्मेन्द्र बस्याल र डम्मर बस्याल रहनु भएको थियो।
कार्यक्रममा महिला म्यूजिकल चियर खेल खेलाइएको थियो। उक्त खेलमा दर्जनौ महिलाहरूले भाग लिनु भएको थियो। खेलमा प्रथम देवी रिजाल, द्वितीय दुर्गा सुवेदी, तृतीय बन्सरा राना र शान्तोना पुरस्कार सुनिता बस्यालले जित्नु भएको थियो। विजेताहरूलाइ पुरस्कार वितरण हेमराज, तिलकराम गोरा थोकी र फुलमाया केसीले गर्नु भएको थियो। अन्त्यमा रक्तिमका नृत्य प्रश्तुत गरिएको थियो ।कल्पना थापा र विरू नेपालीले कार्यक्रमा विषेश सहयोग गर्नु भएको थियो। अन्तमा अध्यक्ष द्धारा कार्यक्रमको विसर्जन गर्नु भएको थियो ,कार्यक्रमको संचालन देवी रिजालले गर्नु भएको थियो।