मिटर व्याज पीडितहरुले पुनः आन्दोलन गर्ने

पुस १७, काठमाडौं । मधेशका आठ जिल्लामा जारी मिटर व्याज पीडितहरुको आन्दोलन फेरि शुरु हुने भएको छ । सिराह बजारमा पुस १९ गते विरोध ¥याली गरेर आन्दोलन शुरु गर्ने पीडितहरुका संयोजक मनोज पासवानले बताएका छन् । यो भन्दा अगाडि मिटर व्याज पीडितहरुले सरकारसँग वार्ता गरी पीडितहरुले प्रशासनमा निवेदन दिन भनेपछि स्थगित भएको थियो । जिल्ला प्रशासनमा निवेदन दिएपनि सरकारले पीडितहरुको मागलाई सुनुवाई नगरेकाले फेरि आन्दोलन गर्नु परेको पीडितहरुले बताए ।
मिटर व्याजका कारण तराईमा लाखौंको संख्यामा पीडित रहेका छन् । पीडितहरुलाई थोरै रकम दिने तर धेरै प्रतिशतमा व्याज लगाउने गर्दछन् । व्याज र साँवा गरी धेरै रकम बनाएर जग्गा जमिन नै आफ्नो नाममा बनाउने र ऋणीहरुलाई घरबारबिहीन जग्गा जमिनबिहीन बनाउने काम गरिरहेका छन् । मिटर व्याजका घटनालाई संचार माध्यमले उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । सरकारले पीडितहरुलाई जिल्ला प्रशासनमा उजुरी दिन लगायो । उजुरी दिए पनि सरकारले त्यससम्बन्धी सुनुवाई नगरेकाले आन्दोलन गर्नु परेको पीडितहरुले बताए ।
मिटर व्याज भनेको थोरै पैसा ऋण दिने तर धेरै लेख्ने र धेरै प्रतिशत व्याज लिने काम हो । पीडितहरुले व्याज साँवा सबै तिर पनि उनीहरुको ऋण नघट्ने उल्टो बढ्ने थोरै रकम लिए पनि धेरै रकमको तमसुक बनाउने र त्यसको साँवा व्याज तिर्न लगाउने जस्ता शोषणमूलक काम तराईमा हुँदै आएको कुरा राजनीतिशास्त्र केन्द्रीय विभाग, एमफिल विद्यार्थी सन्तोष दाहालले हाँकलाई बताए । मिटर व्याजीहरुले धनाढय (साहुहरुले) गरिबहरुलाई आर्थिक मात्र हैन सांस्कृतिक रुपमा पनि शोषण गरिरहेका छन् । उनको थप भनाई थियो ।
धनाढयहरुले अदालतमा मुद्दा लगाएर पीडितहरुलाई झनै पीडित बनाएका छन् । उनीहरुको घरबार बिहीनता र जग्गा जमिन बिहीनतामा पुगेका छन् । अदालतमा प्रमाण पु¥याएर साहुहरुले मुद्दा जिति सकेपछि या तिर्नुपर्ने या त थुनामा बस्नु पर्ने स्थितिमा पीडितहरुलाई पु¥याएका छन् । पीडितहरु भागाभागको स्थितिमा पुगेका छन् । घरबार, जग्गा, जमिन सबै गुमेको छ ।
सिराहमा मात्रै प्रशासनमा निवेदन दिने पाँच सय छन् । तर यसको सुनुवाई भएको छैन । प्रशासनमा निवेदन दिनेहरु घरबारबिहीन हुन पुगेका जग्गा जमिन गुमेकाहरु छन् । अरु सामान्य पीडितहरु त लाखौंको संख्यामा छन् । संघर्ष समितिका मधेश प्रदेश संयोजक पासवानले बताए । अझ आन्दोलनकारी पीडितहरुलाई डर, धाक, धम्की आइरहेको छ । यो आन्दोलन २०७९ पुस १९ गतेको विरोध प्रदर्शनपछि कसरी जाने भन्ने विषयमा छलफल हुने कुरा पासवानले बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित