चैत्र २, काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ न ब्यूरोको आयोजना मा १ दिने प्रशिक्षण कार्यक्रम ललितपुरको कुपन्डोलमा सप्पन्न भएको छ।पार्टी केन्द्रिय सदस्य कृष्णभक्त महर्जनको अध्यक्षता, पार्टी का कार्यबाहक महासचिव सि पि गजुरेल गौरबको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा
गौरवले समसामयिक राजनीति र पार्टीले लिएको राजनीतिक कार्यदिशा ,अन्तर्राष्ट्रिय परिस्थिति बारेमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य ९ न ब्यूरो इन्चार्ज दिनेश शर्मा र पोलिटब्यूरो सदस्य ब्यूरो सचिब चिन्ता मणि पौडेलले पार्टी का नीति कार्यक्रम , संगठनात्मक नियमावली, आर्थिक नियमावली, आचार संहिता, पार्टीले तय गरेको जनसम्बन्ध बिस्तार अभियान बारे प्रशिक्षण दिनु भएको थियो।पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला सचिब केदार खतिवडाको सन्चालन, पार्टी केन्द्रिय सदस्य श्याम के सि को स्वागतमा भएको कार्यक्रममा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
९ न ब्यूरोको आयोजना मा १ दिने प्रशिक्षण

Comments