चैत्र ४,झापा। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको झापाबाट सुरु हुने जनसम्बन्ध विस्तार अभियानको आज नेपाल भारत सिमाना काँकडभिट्टामा उद्घाटन गरिएको छ । पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय स्तरबाट गठित ४ टोली मध्ये एक टोलीका नेता हरिभक्त कँडेल प्रतिकले अभियानको उद्घाटन गर्नु भयो । नेता प्रतिकले यस अभियानले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन योगदान दिने बताउनु भयो । उहाँले वर्तमान संसदीय व्यवस्थामा संकट आएको बताउंदै यो व्यवस्थाको बिकल्प राजतन्त्र नभएर अग्रगामी व्यवसथा नयाँ जनवाद –बैज्ञानिक समाजवाद भएको दावी गर्नु भयो । कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य तथा १६ नम्बर ब्युरो सेक्रेटरी बिमल निरौला, स्वागत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका झापा जिल्ला सेक्रेटरी जय आचार्य र अध्यक्षता पार्टीका पोलिटब्युरो सदस्य कृष्णदेव दनुवारले गर्नु भएको थियो । अखिल नेपाल जनसाँस्कृतिक महासंघका सचिवालय सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष डम्बर भण्डारीले स्वागत गीत गाउनु भएको थियो । पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य सिताराम बुढाथोकी, पार्टीका केन्द्रीय सदस्य क्षेत्रबहादुर थापा ,अनेरास्ववियु (क्रान्तिकारी ं)कि शोभा सेन्चुरी, पार्टीका केन्द्रीय सल्लाहकार अर्जुन राजबंशी लगायतले मन्तव्य राख्नु भएकोथियो। पार्टीका केन्द्रीय सदस्य योगेन्द्र ढकाल , केन्द्रीय सदस्य बाबुराम सुवेदी , बैकल्पिक केन्द्रीय सदस्य रंगबीर डोङ, बैकल्पिक केन्द्रीय सदस्य राधा खतिवडा,बैकल्पिक केन्द्रीय सदस्य अप्सरा निरौला लगायतको कार्यक्रममा आतिथ्यता थियो । कार्यक्रममा जनवादी कलाकारहरू प्रबिण दर्नाल र ईस्लामले प्रगतिशील गीत प्रस्तुत गर्नु भएको थियो। अभियान टोलीले नारा जुलुस सहित काँकडभिट्टा बजार परिक्रमा गरेको थियो ।