चैत्र – ६,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि गठन गरेको ४ वटै टोलीले निरन्तर कार्यक्रम अगाडि बढाइरहेको छ ।
चियोभञ्ज्याङबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पांचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको सक्रान्ति बजारमा कोण सभा गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पोलिटब्युरो सदस्य डिल्लिराज बोहोराले सम्बोधन गर्नु भएको हो। कार्यक्रमको सन्चालन तारक तुम्बाहाम्फेले गर्नु भएको छ । यस टोलीले सक्रान्ति बजारमा जुलुस प्रदर्शन ,पर्चा वितरण र स्थानीय त्रिमोहन मा.वि.का शिक्षकहरू सित छलफल पनि गरेको छ ।पाँचथरबाट तमोर नदी तरेर यो टोली हिजो साँझ अबेरतिर तेहथुमको आठराई सक्रान्ति बजार आई पुगेको थियो ।
काँकडभिट्टाबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज झापाको ५ ठाउँमा कोणसभा र करीव ५० ठाउँमा वालपेन्टिङ् सम्पन्न गरेको छ । खुदुनावारीको कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य कृष्ण देव दनुवारले सम्बोधन गर्नु भएकोथियो । सुरुङ्गाको कोण सभालाई अखिल क्रान्तिकारीकि केन्द्रीय सचिवालय सदस्य शोभा सेन्चुरी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य बाबुराम सुवेदीले सम्बोधन गर्नु भएको थियो । दुधेको कोण सभालाई कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापाले सम्बोधन गर्नु भएको थियो । झिलझिलेको कोण सभालाई कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य रङ्गबीर डोङ र झापा जिल्ला सेक्रेटरी जय आचार्यले सम्बोधन गर्नु भएको थियो । त्यसै गरी धर्मपुर चोकको कोणसभालाई कृष्णदेव दनुवार र शोभा सेन्चुरीले सम्बोधन गर्नु भएको थियो । पाँच वटै कोण सभाको सन्चालन रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले गर्नु भएकोथियो । कलाकारहरुले गीत पनि प्रस्तुत गर्नु भएको थियो । पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले नेतृत्व गरेको यो टोली आज झापाको टोपगाछीमा बास बसेको छ ।
झुलाघाटबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ६ गते बैतडीको पाटन र खोड्पे बजारमा कार्यक्रम गरेको छ । पाटन बजारको सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र पोलिटब्युरो सदस्य लाल बहादुर जाग्रीले सम्बोधन गर्नु भएकोथियो । कार्यक्रमको अध्यक्षता
पार्टीको १ नम्बर ब्युरो सेक्रेटरी हरी प्रशाद सुवेदी र अध्यक्षता काशी धामीले गर्नु भएको थियो । बैतडीकै खोड्पे बजारको सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य के बी गुरुङ ले सम्बोधन गर्नु भएको थियो भने सन्चालन दिनेश थापाले गर्नु भएको थियो । पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले नेतृत्व गरेको यो टोली आज बेलुकी डडेल्धुरा जिल्ला प्रवेश गरेको छ ,डडेल्धुराको अजेमेरु गाउँपालिकाको कोइरालीमा बास बसेको छ ।
गड्डाचौकीबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ६ गते विहान कञ्चनपुरकोे कलुवा बजारमा कार्यक्रम सम्पन्न गर्यो । कलुवा बजारको कार्यक्रमलाई रामबहादुर महराले र झलारीलो कोण सभालाई जिल्ला सेक्रेटरी बिष्णुराम दमाईले सम्बोधन गर्नु भएको थियो ।
त्यस पछि पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले नेतृत्व गरेको यो टोलीले आज शुक्लाफाँटा आरक्ष पीडितहरुको वस्तीमा पुगेर पीडिहरू सित प्रत्यक्ष छलफल कार्यक्रम सन्चालन गर्यो । कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी बिष्णुराम दमाईले विषयवस्तु प्रवेश गराउनु भयो । छलफलका क्रममा टोली नेता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले आरक्ष पीडितहरूको समस्य समाधान गर्ने एक मात्र उपाय वर्ग संघर्ष हो भन्नू भयो । उहाँले सबैभन्दा पहिले आरक्ष पीडितहरूको मागलाई सूचीकृत गर्न सुझाउनु भयो । उहाँले भन्नू भयो , “१ .जङ्गली जनावर र असामाजिक तत्वहरूबाट जीवन सुरक्षा चाहियो,२. आरक्षबाट विस्थापितहरूलाई छानबीन गरेर जग्गाको लाल पुर्जा उपलब्ध गराउनु पर्यो । ३.विजुली बत्तीको सुविधा हुनु पर्यो ४.स्कूलको ब्यबस्था हुनु पर्यो ।५.स्वास्थ्य चौकीको व्यवस्था हुनु पर्यो । ६. सडकको व्यवस्थ हुनु पर्यो । ७. खानेपानीको व्यवस्था । यी लगायतका माग राखेर आन्दोलनलाई अगाडि बढाऊँ। हाम्रो पार्टी तपाईहरूको संघर्षमा साथ दिन तयार छ । ” कार्यक्रममा आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकाय र स्थानीय मनवीर लोड लगायतले आरक्ष पीडितहरूको समस्याबारे जानकारी गराउनु भएको थियो । अभियान टोलीका सदस्य जितामित्र सुनारले कार्यक्रम स्थलबाट दिएको जानकारी अनुसार २ हजार ४ सय घरधुरी लाई शुक्ला फाँटा आरक्ष विस्तार गर्दा विस्थापित गरेको थियो । विभिन्न शिबिरहरू मध्ये कन्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ को ढिक्का शिबिरमा ३ सय घर धुरी छन । पीडितहरूका अनुसार उनीहरूलाई नगरपालिकाले गैर नागरिकको जस्तो व्यबहार गर्ने गरेको छ । ( उक्त कार्यक्रमको लाइभ प्रसारणलाई हाँक टुडेको फेस बुक वालबाट पनि सेअर गरिएको छ । हेर्न सक्नु हुनेछ ।)