प्रतिगमन र यथास्थितिवादका विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चा

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल प्रतिगमन र यथास्थितिवादको विरुद्धमा दृढ रहेको प्रेस विज्ञप्तीमार्फत् स्पष्ट गरेको छ । मोर्चाका संयोजक लोकनारायण सुवेदीले २०८१ चैत्र ७ गते जारी विज्ञप्तिमा सो दृढता व्यक्त गरिएको हो । वक्तव्यको पूर्णपाठ यसप्रकार छ–“प्रतिगमन र साम्राज्यवादका विरुद्ध संघर्षरत रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको केन्द्रीय समितिको बैठक २०८१ चैत्र ७ गते संयोजक लोकनारायण सुवेदीको अध्यक्षतामा बस्यो । बैठकमा भएका महत्वपूर्ण निर्णयहरु यसै प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।
नेपाली जनताको संयुक्त संघर्षद्वारा सीमित रुपमै भए पनि हासिल गरेको परिवर्तित राजनीति परिस्थिति र जनअपेक्षा अनुरुप पछिल्लो कालखण्डमा पनि पटकपटक सत्तामा गएका दलहरुले राष्ट्र र जनताको िहतमा न्यूनतम रुपमा पनि कुनै उल्लेखनीय काम गर्न नसकेको, चरम भ्रष्टाचार, मानव तस्करी, कमिशनखोरी तथा जन असुरक्षा र बेरोजगारी बढेको अनि राष्ट्रियता, जनतन्त्र र जनजीविका पनि अझ गम्भीर खतरामा पर्ने स्थिति विकसित हुँदै गएको र संसदवाद दलहरु दिनप्रतिदिन बदनाम हुँदै गएको स्थितिमा नेपाली जन आन्दोलनद्वारा विस्थापित प्रतिगामी सामन्ती शक्ति बाह्य शक्ति खासगरी भारतीय सत्तापक्षको समेत आडधाप पाएर निकै चर्कोरुपमा सल्बलाउन थालेकोप्रति मोर्चाको बैठकले गम्भीर चासो लिंदै चिन्ता जाहेर गरेको छ र यस्ता प्रतिगामी हर्कतको घोर विरोध गरेको छ । स्थितिलाई नियाल्दै जाने र उपयुक्त समय मा सडकमा ओर्लन समेत तयारी गर्ने बैठकले निर्णय लिएको छ ।
यस बिग्रंदो स्थितिमा लोकतान्त्रिक गणतन्त्रको कुनै प्रतिगामी र यथास्थितिवादी निकास हुन सक्दैन र त्यस्तो निकास नेपाली जनतालाई कुनै पनि हालतमा सह्य, स्वीकार्य र मान्य हुन सक्दैन । अबको निकास जनवादी गणतन्त्र नै हो भन्ने कुरा इतिहासले सावित र प्रमाणित गरिसकेको छ भन्ने कुरा पनि बैठकले औल्याएको छ ।
यस स्थितिमा विगतका कटु अनुभवका समेत आधारमा सम्पूर्ण सिद्धान्तनिष्ट क्रान्तिकारी कम्युनिस्ट, निष्ठावान बामपन्थी तथा देशभक्त जनतान्त्रिक शक्तिहरु सबै दृढतासाथ एकताबद्ध भएर सबै किसिमका प्रतिगमनकारी कदम तथा साम्राज्यवादी बाह्य हस्तक्षेपका विरुद्ध अविचलितरुपमा खडा हुन पनि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल जोडदार आग्रह गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित