क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका सबै पालिकामा पुग्ने

अर्घाखाँची । अर्घाखाँचीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका सन्दर्भ पारेर सबै पालिकामा जाने योजना बनाएको छ ।चैत्र ९ गते जिल्ला पार्टीको बैठक बसेर त्यस सम्बन्धमा ठोस योजना बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल अर्घाखाँचीका सेक्रेटरी राजेन्द्र नेपालीले हाँकलाई बताउनुभयो । चैत्र ४ गते नै अर्घाखाँचीमा पत्रकार सम्मेलन गरेर अभियानको उद्घाटन गरिएको थियो । पत्रकार सम्मेलनमा पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली हुनुहुन्थ्यो ।


क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले देशमा संसदबादी यथास्थितिवादी रहेसम्म नेपालमा भ्रष्टाचार, अन्याय, अत्यचार लगायतका घटना दिन प्रतिदिन बढ्ने बताउनुभयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले आयोजना गरेको जनसम्बन्ध  बिस्तार अभियानको उद्घाटन गदै नेपालीले यस्तो बताउनुभएको हो ।
नेपालीले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताउदै अभियानमा भ्रष्टाचार कुसंस्कार अन्याय अत्यचारको बिरोध गदै जनताको पक्षमा जनआवाज बुलन्द गर्ने बताउदै नेपालीले पछिल्लो समय देशमा राजाबादीहरुले चलखेल गरिरहेको बताउदै उहाँले ईतिहासका पाङगा कहिल्यै पछाडि नफर्किने बताउनुभयो । नेपालमा राजनीतिक क्रान्ति अधुरै रहेको बताउदै जसको परिणाम स्वरुप मुलुक अहिले चारैतर्फबाट घेराबन्दीमा परेको पनि उहाँले बताउनुभयो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बिगतदेखी नै मुलुक र जनताको हितमा आवाज उठाउदै आएको बताउदै उहाँले देशमा आमूल परिवर्तनका लागि पुनः एकपटक जनता जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पोलिटव्युरो सदस्य नरेन्द्र थापाले देशमा भएको भ्रष्टाचार अन्याय अत्यचार लगायतको विरोध गदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई बलियो र स्थापित पार्टी बनाउने बताउनुभयो ।
कार्यक्रम पार्टीका जिल्ला सयोजक राजेन्द्र नेपालीको अध्यक्षता, माया नेपालीको स्वागत मन्तब्य र ज्ञान प्रसाद भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित