चैत्र – ८,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि गठन गरेको ४ वटै केन्द्रीय टोलीले आआफ्ना पूर्व निर्धारित कार्यक्रम स्थलहरूमा कार्यक्रम सम्पन्न गरेको छ ।
चियोभञ्ज्याङबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजारमा जनसभाको कार्यक्रम सम्पन्न गरेकोछ ।कार्यक्रमका प्रमुख अतिथि तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको स्थायी समिति सदस्य राम ंिंसह श्रीसले नेपालमा जनताले पटक पटक संघर्ष गरे पनि जनताको सत्ता आउन नसकेको वताउनु भयो । दलाल पुंजीवादी संसदीय व्यवस्थाबाट हैन संघीय जनगणतन्त्र स्थापना गरेर वैज्ञानिक समाजवादको बाटोमा हिडेर मात्र मजदुर र किसानको मुक्ति हुने छ उहाँले भन्नु भयो । अर्का वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य चन्द्रहरी सुवेदी अटलले रथको पाङ्ग्रा,नदीको गति र इतिहासको प्रवाह सधै अगाडि बढ्ने हुँदा जनताको क्रान्तिकारी आन्दोलनलाई कुनै पनि तागतले रोक्न नसक्ने बताउनु भयो । क्रान्तिकारी महिला संगठन नेपालका केन्द्रीय सहसंयोजक शारदा महतले महिला उत्पीडन कायमै रहेको चर्चा गर्नु भयो । क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण सुवेदीले स्वागत मन्तव्य राख्दै स्थानीय पालिकाहरुले किसानका न्युनतम समस्या पनि समाधान गर्न नसकेको बताउनु भयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य डिल्ली बोहराको सन्चालन र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका तेह«थुम जिल्ला सेक्रेटरी तारक तुम्बाहाम्फेको अध्यक्ष्यतामा सभा सम्पन्न भएको थियो ।
काँकडभिट्टाबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको
यस टोलीले आज जनता सित सँगसँगै खेतमा धान रोपाई गर्ने(श्रम दान) ,आजै जातीय विभेद उन्मुलन दिवस परेकाले उक्त दिवस मनाउने र कोण सभा सम्पन्न गर्ने लगायतका कार्य गर्दै आजको कार्यक्रम सम्पन्न गरेको छ । विहानमा मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ झारसादी सुकुम्बासी बस्तीमा कोण सभा सम्पन्न गरेको छ । सो सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्रबहादुर थापाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन कामरेड नरसिंहले गर्नु भएको थियो । समग्र अभियान टोली दिनमा सहिद लालबहादुर राना (रोशन) को परिवारको खेतमा धान रोपाई कार्यमा जुटेको थियो । उर्लावारी ३ मङलबारेको कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य कृष्ण देव दनुवारले सम्बोधन गर्नु भएको थियो र सन्चालन पार्टीका जिल्ला सदस्य रोशन कट्टेलले गर्नु भएको थियो ।
पथरी ३ जन आन्दोलन चोकको कोण सभालाई एकीकृत दलित मुक्ति मोर्चाका कार्यालय सदस्य शोभा सेन्चुरीले सम्बोधन गर्नु भएको थियो र सन्चालन पार्टीका जिल्ला सदस्य रत्न पराजुलीले गर्नु भएकोथियो । अभियानकै शिलशिलामा टोलीले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (मार्च २१ ) पनि मनाएको छ । सो दिवस पथरी शनिस्चरेमा मनाइएको थियो ।उक्त दिवस कार्यक्रममा दिवसको महत्वबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य बाबुराम सुवेदी र एकीकृत दलित मुक्ति मोर्चाका कार्यालय सदस्य शोभा सेन्चुरीले प्रकाश पार्नु भएकोथियो । सन्चालन अभियानका सदस्य तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायण शर्माले गर्नु भएकोथियो । रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्माले र राधा खतिवडा लगायत कलाकारहरुले प्रगतिशील गीत पनि प्रस्तुत गर्नु भएको थियो ।
झुलाघाटबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ८ गते विहानमा डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलन सम्पन्न गरेकोछ । पत्रकारहरूले मुख्यतः दुई वटा प्रश्न उठाएका थिए १. तपाईहरूले पार्टी एकता अरू पार्टी सँग गर्नु हुन्छ कि गर्नु हुन्न र गरेमा को को कि सित एकता गर्नु हुन्छ ?
२. अहिले राजावादीहरूको गतिविधि किन बढेको हो ? अभियान टोलीका प्रमुख हेमन्त प्रकाश ओली सुदर्शनले पत्रकारहरूको प्रश्नको जवाफ दिनु भएको थियो । सम्भावित पार्टी एकताको बारेमा सुदर्शनले भन्नू भयो,ू,“सैद्धान्तिकरूपले नजिक रहेका पार्टीहरू सित एकता गर्न सकिन्छ । जसरी क्रान्तिकारी माओवादी , बहुमत र मशालका बीचमा एकता भयो त्यसरी नै मूलभूत सैद्धान्तिक प्रश्नमा निकटता रहेका पार्टी , समूह ,व्यक्ति सित हाम्रो एकता हुन सक्छ । हामी सधै त्यसका लागि खुला छौँ । प्रतिकृयावादी संसदीय व्यवस्थाका विरुद्धमा उभिने शक्तिहरूसित हाम्रो एकता हुन्छ तर आफूलाई कम्युनिस्ट वताउने तर यो प्रतिक्रियावादी संसदीय व्यवस्थालाई स्वीकार्नेवालाहरू सित एकता हुँदैन । ” राजावादीहरूको गतिविधि बारे सुदर्शनले भन्नू भयो, “मुख्यतः दुई कारणले राजावादीहरू जुरमुराउनु खोजेका हुन् – एक , राजालाई सत्ताबाट फ्याँके पनि पुरानो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारिएको थिएन । त्यसकारण राजावादीहरू टाउको उठाउने आधार पाए । दुई, संसदवादी पार्टीहरूको भ्रष्टाचार ,बेथिति ,अन्याय ,अत्याचारका कारण पनि राजावादीहरूले आफूलाई बौरिने मौका पाएका हुन।” सुदर्शनले भन्नू भयो , “प्रतिक्रियावादी व्यवस्थालाई ध्वस्त गरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरेर बैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नु नै समस्याको समाधान हो । ”
अभियान टोलीले भिमदत्त चोकमा कोण सभा गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली , पोलिटब्युरो सदस्यहरू के .बी .गुरुङ, लाल बहादुर जाग्री र धनेश्वर पोख्रेलले सम्बोधन गर्नु भएको थियो। कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एक नम्बर ब्युरो सेक्रेटरी हरी सुवेदीले सन्चालन गर्नु भएको थियो ।
गड्डाचौकीबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ८ गते विहान कञ्चनपुरकोे बेलौरी बजारमा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ । सो कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा त्यस अभियान टोलीका प्रमुख कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । पार्टीको जनसम्बन्ध विस्तार अभियानको उद्येश्य प्रष्ट पार्नुका साथै “स्वरोजगार, स्वास्थ्य, शिक्षा र समानता यो व्यवस्थाबाट सम्भव नभएकाले जनवादी व्यवस्थाबाट मात्र संभव हुने“ विषयमा जोड दिनुभएको थियो । प्रतिगमनकारीहरु आफ्नो गुमेको सत्ता ब्युँताउने कोशिस गरेपनि त्यो संभव न भएको र यस प्रकार प्रतिगामी हल्लामा न लाग्न” आवहान गर्नु भएको थियो । कोणसभाको संचालन कञ्चनपुर जिल्ला सचिव बिस्नु राम दमाईले गर्नु भएको थियो । त्यस पछि टोली अगाडि बढ्यो र कंचनपुरकै पुनर्वास बजारमा कोण सभा सम्पन्न गर्यो । सभालाई क्रान्तिकारी महिला संगठन नेपालका केन्द्रीय संयोजक अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो । उक्त कोणसभाको संचालन बिस्नु राम दमाई र सम्बोधन पा
त्यसपछि अभियान टोली कैलाली जिल्लामा प्रवेश गरेपछि धनगढीमा खाना खाई धनगढी नगरपालिका –१७ डुमौलियामा कोणसभा सम्पन्न गरेको छ । उक्त कोणसभाको सञ्चालन रुद्र कँडेलले र मन्तव्य पार्टीको दुई नं. व्युरो सचिव रामबहादुर के सीले राख्नु भएको थियो । उक्त कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो । सम्बोधन मा उहाँले “अहिले पनि समाजमा धेरै प्रकारका विभेदहरु छन् महिला विभेद, दलित समुदाय माथिको विभेद, जनजाति माथिको विभेद लगायतका विभिन्न विभेदहरु छन् । किसानहरुको समस्या जस्ता को त्यस्तै छ । भूमिहिन किसानहरुको अवस्था विजोग छ भन्दै निकम्मा सरकार गरिब मारा हो” भन्नु भयो ।
अभियान टोली सदस्य तथा थारु जनगायक नारायण योगीले थारु भाषामा गीत गाउनुका साथै जवसम्म किसानहरुको सम्मान हुन सक्दैन देशमा कृषिमा विकास हुन सक्दैन र दलीय स्वार्थ भन्दा माथि उठेर किसानहरु स्वयम् आन्दोलित हुन आह्वान गर्नुभयो । अभियान टोली आज साँझ डुमौलियामा किसानहरुको बिचमा बस्ने कार्यक्रम रहेको छ ।