३ नम्बर ब्युरो जनसम्बन्ध विस्तार अभियान केन्द्रीय टोलीको प्रतिक्षामा

चैत्र – ९,काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ३ नम्बर ब्युरो अर्थात कर्णाली प्रदेशको पार्टी जन सम्बन्ध बिस्तार अभियानको केन्द्रीय टोलीको प्रतिक्षामा छ । यस ब्युरोले पस्चिमबाट आएका दुई केन्द्रीय टोलीको त्यस ब्युरो अन्तर्गतका कार्यक्रमको तालिका मिलाउँदैछ । पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलको नेतृत्वमा कन्चनपुरको गड्डाचौकीबाट हिंडेको टोली बर्दियाबाट चैत्र १३ गते यस ब्युरोको क्षेत्रमा प्रबेश गर्ने छ र अर्का स्थायी समिति सदस्य हेमन्त प्रकश ओली सुदर्शनको नेतृत्वमा बैतडीको झुलाघाटबाट हिडेको टोली दैलेखबाट चैत्र १५ गते यस ब्युरोको क्षेत्रमा प्रवेश गर्ने छ । बर्दियाबाट प्रवेश गरेको टोली बाँके सुर्खेत ,जाजरकोट, रुकुम हुँदै बागलुङ तर्फ जाने छ भने दैलेखबाट प्रबेश गरेको टोली सुर्खेत झरेर दाङ ,प्यूठान अर्घाखाँची हुँदै अगाडि बढ्ने छ । दुवै टोली करीव ९–९ दिन यस ब्युरोमा रहने छन् । ३ नम्बर ब्युरोका सेक्रेटरी दिपक शाहीले हाँकलाई बताउनु भयो , “हामीले दुई प्रकृतिको कार्यक्रम बनाउँदै छौँ ,एक – केन्द्रीय अभियान टोलीको कार्यक्रम र दुई– हाम्रो आफ्नै ब्युरो अन्तर्गतका जिल्लाहरूमा कार्यक्रम। कतै जन श्रमदान , फरक फरक ठाउँमा जुलुस ,कोण सभा ,पत्रकार सम्मेलन लागायतका कार्यक्रम हुनेछन । ”

यस ब्युरो अन्तर्गतका बाँके ,बर्दिया , सुर्खेत , जाजरकोट , दैलेखले चैत्र ४ गते नै जन सम्बन्ध विस्तार अभियानको उद्घाटन गरेकाथिए ।
बाँके र बर्दियाले गाउँ,गाउँमा गएर जनसम्बन्ध विस्तार अभियान सन्चालन गरिरहेबा छन् । सेक्रेटरी शाहीले भन्नू भयो,“स्थानीय तहमा व्यापक भ्रष्टाचार भएको छ , शिक्षा र स्वास्थ्यलाई ठगहरूले कमाउने थलो बनाएका छन । सीमा मिचिएको छ । राष्ट्रघात,जनघात ,अन्याय अत्याचार बढेको बढै छ । देशको हालत बिगृदै गएकोछ । यसको मुख्य दोषी काङ्ग्रेस ,एमाले र माके हुन ।अहिले त्यसमा सहकारी ठगको पार्टी रास्वपा पनि जोडिएकोछ । हामीले यी सबैको विरोध गर्छौ। जन सम्बन्ध अभियान भनेको जनतामा चेतना ल्याउने अभियान हो ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित