ललितपुरमा गार्मेन्ट तथा टेक्स्टायल मजदुरहरूको संगठन

 

काठमाडौ ।चैत्र ९ गते ललितपुरमा गार्मेन्ट तथा टेक्स्टायल मजदुरहरूको जिल्ला संगठन समिति गठन गरिएको छ । एक भेलाबाट क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल अन्तर्गतको क्रान्तिकारी गार्मेन्ट तथा टेक्स्टायल मजदुर संगठन ललितपुर जिल्ला संगठन समिति गठन गरिएको छ । ७ सदस्यीय समितिमा निम्न व्यक्तिहरू रहनु भएको छ ।
संयोजक – एम .डी .आलम
सदस्यहरू –मठमद नसुदिन
–वसन्त याख्खा
–सुरेश प्रजापति
–सोमत मिया
–सोमद मिया अन्सुरी
– जमसेद आलम ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान अन्तरगत माथि उल्लेखित मजदुर संगठन निर्माण भएको हो । उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य एवम् नौ नं व्यूरो इञ्चार्ज दिनेश शर्माको प्रमुख आतिथ्यता थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका के.स. श्याम के.सी. ,क्रान्तिकारी टेड युनियन महासंघ नेपाल ललितपुरका संयोजक धर्म थापा लगायतको पनि आतिथ्यता थियो ।वक्ताहरुले जनसम्बन्ध विस्तार अभियानको महत्व र उद्देश्यबारे प्रकाश पारेका थिए ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित