क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीको गतिविधि , जनसम्बन्ध विस्तार अभियान जारी

 

नवलपरासी । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले जनसम्बन्ध विस्तार अभियानलाई निरन्तर सन्चालन गरिरहेको छ ।
बर्दघाटः क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बर्दघाट संगठन समितिले जनसम्बन्ध विस्तार अभियान सन्चालन गर्ने निर्णय लिएको छ ।
पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाउन
नगर कार्यालयको चैत्र ७ गते सम्पन्न विस्तारित बैठकले सो निर्णय लिएको हो । अभियानमा आधारभुत वर्ग मजदुर, किसान, दलित, महिला र उत्पीडित समुदायको माग सम्बोधन गर्न दबाब सिर्जना गरिने बताइएको छ । ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै नगरको बिभिन्न वडाहरुलाई जोडेर संयुक्त वडा भेला गर्ने , अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने ,पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संघर्षको खाका तयार गर्ने उद्धेश्य राखिएको छ ।
बैठकले नगर संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी र गणेश बहादुर ढकालले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो ।

सुस्ता ः
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिले जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने बारे पार्टीको सेमरीस्थित खैरहनीमा चैत्र ८ गते सम्पन्न बैठकले निर्णय लिएको छ । अभियानको क्रममा युवा र मधेसी मोर्चाको पालिका भेला गर्नका लागि क्रमश ःदिनेश पासी र सुरेश कुशवाहालाई पालिका संयोजकको जिम्मेवारी समेत दिइएको छ ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै पालिकामा जन सङ्गठन विस्तार गर्ने र जनताको मुद्दा लिने, कोण सभा गर्ने निर्णय पनि गरेको छ।

प्रतापपुर
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल प्रतापपुर गाउँ संगठन समितिले जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने भएको छ । पार्टीको सेमरीस्थित खैरहनीमा चैत्र ९ मा सम्पन्न बैठकले पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाइने पालिका संयोजक यम बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियानको क्रममा युवा र मधेसी मोर्चाको पालिका भेला गर्नका लागि क्रमशस् दिनेश पासी र सुरेश कुशवाहालाई पालिका संयोजकको जिम्मेवारी समेत दिइएको छ ।

अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै पालिकामा जन सङ्गठन विस्तार गर्ने र जनताको मुद्दा लिएर कोण सभा गर्ने निर्णय छ
िबैठकले पार्टीको प्रतापपुर गाउँ संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकालले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कार्यालय सदस्य दुर्गा नारायण चौधरी, जिल्ला सचिवालय सदस्य राम प्रसाद अर्गेजा,सुर्य प्रसाद सापकोटा, पार्टीको ब्युरो सल्लाहकार गुणनिधि पोख्रेल , जिल्ला सल्लाहकार गणेश बिश्वकर्मा , रामअबध राजभर, अदालत राजभरलगायतको उपस्थिति थियो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपरासीले चैत्र ३ गते सुस्तामा मसाल जुलुस,चैत्र ४ गते प्रेस वक्तब्य मार्फत जनसम्बन्ध विस्तार अभियान सुरु भएको घोषणा,चैत्र ५ गते प्रतिरोध साँस्कृतिक दिवसका दिन प्रगतिशील साहित्यकार बाबुराम गिरी मुसाफिरलाई सम्मान कार्यक्रम गरेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित