दाङ । ४ नम्बर सेक्रेटरी समिरंको प्रमुख आतिथ्तामा चैत्र ४ गते दाङमा जन सम्बन्ध बिस्तार अभियानको उद्घाटन भएको छ । बैशाख १८ गते काठमाडौ पुगेर कार्यक्रम समापन गरिनेछ । उक्त कार्यक्रममा बोल्दै केन्द्रीय बैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी समिरले देश अहिले गम्भीर संकटमा परेको , अर्थतन्त्र ध्वस्त भएको सरकार देशको जनताको पक्षमा भन्दापनि दलाल भ्रष्टहरुको चाकरी गर्ने कुर्सी रक्षाका लागि मात्र चिन्तित रहने देखियो । उहाँले यो राज्य ब्यबस्था जनताको पक्षमा नभएको गरिव किसान मजदुरहरुको हकहितमा भन्दापनि मालिक जमिन्दारहरुका पक्षमा रहेको , गरिब सुकुम्बासीका समस्या हल गर्नुपर्नेमा उल्टो सुकुम्बासीहरुलाई बसिरहेको घरबास उठाएर मानसिक पीडा दिईरहेको सरकार उल्टो बाटो हिडेकोले सरकारलाई गल्ती सच्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा दाङ जिल्लाका सदस्य तथा क्रान्तिकारी सुकुम्बासी संगठनका दाङ संयोजक तिलक बि क , अखिल नेपाल जन सांस्कृतिक महासंघ का केन्द्रीय सदस्य गोपाल बेैद्य , लगायतका बक्ताले कार्यक्रममा मन्तब्य दिनु भएको थियो । कार्यक्रम स्वागत मन्तब्य दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो ।कार्यक्रम सञ्चालन मोतीरामले गर्नु भएको थियो । कार्यक्रम अध्यक्षता ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको सभापतित्व मा सम्पन्न भएको थियो ।
अभियान कै क्रममा ४ नम्बर वडामा पर्ने ढुङ्गेनी बस्तीमा राप्ती गाउँपालिका ४ नम्बर वडा बुढीचौर मुक्त कमैया सिबिर , मसुरिया ३ नम्बर २ नम्बर ब्रहाखुटी ,सिसहनिया लगाययतका वडामा कार्यक्रम सम्पन्न भए ।
गढवा गाउँपालिका अन्तरगत वडा नम्बर ३ गोवडिया मुक्त कमैया शिबिर , सुपैलामा सहिद परिवार भेटघाट तथा ४ नम्बर को सालझण्डीमा रहेको मुक्त कमैया तथा सुकुम्बासी टोलहरुमा कार्यक्रम सम्पन भएका छन । सबै ठाउँमा क्रान्तिकारी सुकुम्बासी सङ्गठन गठन गरिएको छ । कार्यक्रम देउखुरी क्षेत्रमा २१ गतेसम्म चल्नेछ । त्यसपछि २२ गते केन्द्रीय टिम दाङमा आउनेछ । तीन दिन केन्द्रीय टिमसमेतको उपस्थितिमा दाङका मुख्य शहरहरुमा जनसभा गरिने कार्यक्रम रहेको दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले जानकारी दिनुभयो ।