सहिद दुर्गाराजले लाल झण्डा ढल्न नदिनु भनेको सम्झँदै भावुक हुनु भयो

शोभा विश्वकर्मा

आज चैत्र १० गते काँकड भिट्टाबाट हिंडेको पनि सात दिन भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सन्चालन गरेको जन सम्बन्ध विस्तार अभियानमा सहिद परिवार सित भेटघाट, बजारको चोकमा उभिएर अभियानको महत्वबारे बोल्नु , पर्चा बाँड्नु ,जनताका सुख दुःख बुझ्दै हिड्नु हाम्रो टोलीको दिन चर्या भएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गठन गरेको ४ वटा जन सम्बन्ध विस्तार अभियान टोली मध्ये पार्टीका स्थायी समिति सदस्य हरि भक्त कँडेल प्रतिकको नेतृत्वको टोलीमा हामी आवद्ध छौं ।

आज बिहान सहिद दुर्गाराज राई (अन्तरे) का दाजु कविराज राई सँग मोरङको बेलबारी नारपालिका वडा नम्बर ४ मा भेटघाट गरियो । २०५९ असोजमा मोरङ बेलबारी न.पा. ४ धिमाल टोलमा उहाँको आफ्नै निवासबाट पार्टीको निर्णय अनुसार कार्यक्षेत्र जाँदै गर्दा जासुसहरूले शाही सेनालाई सुराकी गरिदिएकाले सेनाले दुर्गाराज राई (२२ बर्षको उमेरमा ), पुर्ण श्रेष्ठ, बिदुर भट्टराई,गोबिन्द पोखरेल सहित चारजना सहिद हुनुभयो । उहाँ चारजना सहिदको नाममा बेलबारीमा सहिद चोक निर्माण भएको छ । तर अहिले लिम्बुचोक बनेकोले सहिद चोकको नाम चाहिँ छायामा पार्यो भन्ने र लिम्बुचोक बढी स्थापित बनाउने प्रयास भएकोले सहिद चोक नै बनाउन पहल गरिदिए हुने भन्ने आग्रह गर्नुभयो ।

सहिद दुर्गाराज (अन्तरे ) का दाइ कविराज राइले कम्युनिस्ट पार्टीहरु टुटफुट भयो यस्तो नभैदिएको भए राम्रो हुने थियोे भन्ने चाहाना हो भन्ने बिषय राख्नुभयो । यद्यपि आफ्नो परिवारबाट यो ब्यबस्था परिवर्तनको लागि आफ्नो भाइ सहिद भएर योगदान दिएको बिषयमा गौरवबाम्बित भएको बताउनुभयो । दाजु कविराजले भाइ दुर्गाले भन्ने गरेको म मरि गए नि लाल झन्डा ढल्न नदिनु  भनेको कुरा समेत सम्झदै भावुक हुनुभयो । सहिदका कुरा उहाँका दाजुबाट सुनेर हामी पनि भावुक भयौं । पार्टीको तर्फबाट हाम्रो टोली प्रमुख कमरेड प्रतिकले अझै सहिदको सपना पूरा भएको छैन । हामी सहिदहरूले देखाएकै बाटोमा हिंडिरहेका छौ भन्नू भयो । यो व्यबस्था जनताको व्यबस्था नभएकाले अझ न्यायपूर्ण लडाई लड्न बाँकी नै छ भन्नू भयो । काम्रेड प्रतिकले सही कम्युनिस्टहरू एक जुट भएर ,जुटेर अघि बढ्दै छौँ ,तपाईहरूले हामीलाई साथ दिनु होस् भन्नू भयो । सहिद परिवार सितको हार्दिकतापूर्ण भलाकुसारी पछि हामी विदा भयौ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित