काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १४ नं व्यूरो पूर्वतर्फबाट आउँदै गरेको जनसम्बन्ध विस्तार अभियानको दुवै टोलीलाई स्वागत गर्ने तयारी गर्दैछ । काकडभित्ताबाट चैत्र ४ गते हिँडेको हरिभक्त कंडेलको टोलीले चैत्र १५ गते कोशी तरेर उदयपुर जिल्लाको रामपुर बजार आइपुग्ने छ । चैत्र ४ गते नै चियोभन्ज्याङबाट हिँडेको रामसिंह श्रीसले नेतृत्व गरेको टोली चैत्र १८ खोटाङ आइपुग्ने छ । दुवै टोलीलाई फरक फरक समयमा स्वागत गरिसकेपछि १४नं व्यूरो भित्रको केन्द्रीय टोलीहरुको कार्यक्रम सम्पन्न हुनेछ । दुवै टोलीले एक ठाउँ भेट भएर कार्यक्रमको समीक्षा गर्नेछन् । रामसिह श्रीसले नेतृत्व गरेको टोली खोटाङबाट तराई झर्नेछ । त्यसपछि सिराह ,जनकपुर हुँदै पश्चिम लाग्ने छ । हरिभक्त कंडेलले नेतृत्व गरेको टोली ओखलढुङ्गा सिन्धुली हुँदै अगाडि बढ्ने छ । ओखलढुङ्गा र उदयपुरमा चैत्र ४ गते नै अभियानको उद्घाटन भएका थिए । १४ नं व्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठले दुवै टोली त्यस व्यूरोमा करिब आठ आठ दिन बस्ने बताउनु भयो। उदयपुर जिल्ला इञ्चार्ज मोहन तामाङले हरिभक्त कंडेल नेतृत्वको टोलीलाई स्वागत गर्न कोशी पुग्ने योजना बनाएको बताउनु भयो ।