पाल्पामा बस दुर्घटना, चालकले मापसे गरेको आशङ्का

काठमाडौं । पाल्पामा विहिबार राति १० बजे तिर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डि.एस.पी. वीरेन्द्र थापाले हाँक टुडेलाई बताए अनुसार दुर्घटना हुनुको कारण चालकले मापसे गरेको हुन सक्ने आशङ्का प्रहरीको प्रारम्भिक अध्ययन रहेको छ।

मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेका हुन् ।

मृतकहरु ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे बताइएकोछ ।

ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । डि.एस.पी. बिरेन्द्र थापाले बताए अनुसार पूर्णकला दर्जीको स्थिति बढी गम्भीर भएकाले थप उपचारका लागि चितवन पठाइएको छ ।

No description available.

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित