काठमाडौँ । जनवरी ४ गते फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुल्डेज मार्कोस जे आरले चीनको राजकीय भ्रमण गरेका छन् । चिनियाँ सन्चारमाध्यम बेइजिङ रिभ्युले जनाए अनुसार नयाँ वर्ष २०२३ को चीन भ्रमण गर्ने उनी पहिला अतिथि हुन ।
चिनियाँ राष्ट्रपति सिजिन्पिङ्ले राष्ट्रपति मार्कोसको भ्रमणलाई निकै महत्त्वपूर्ण बताएका छन् । अमेरिकाले एशिया (प्रशान्त क्षेत्रमा इण्डोपेसिफिक स्ट्राटिजिको नाममा आफ्नो प्रभाव बढाउँदै गैरहेको सन्दर्भमा दक्षिण पूर्बी एशियाली देश फिलिपिन्सलाई नयाँ वर्षमा भ्रमणको लागि महत्व दिनुले पक्कै पनि विशेष अर्थ राख्दछ । यस क्षेत्रमा अमेरिकाले चीन विरोधी गतिविधि गर्दै गैरहेको बेला चीनले पनि छिमेकीहरूसित सम्बन्ध बलियो बनाउँदै जाने नीति अपनाएको बुझ्न सकिन्छ।
Comments