एमसीसी विरुद्ध आन्दोलन जारी, तीन राजनीतिक दलको ऐक्यबद्धता

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका लफ्सीफेदीमा स्थानीयले एमसीसीका विरुद्ध सङ्घर्ष सुरु गरेको आज नवौं दिन हो ।

आज तीन राजनीतिक दलहरु नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (मशाल) र नेकपा (बहुमत)का प्रतिनिधिहरूले लफ्सीफेदी पुगि जारी आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।

तीन दलको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) की शारदा महतले विरोधसभालाई सम्बोधन गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएकी थिइन ।

हाँक साप्ताहिक, मूलबाटो, रातोखबरका पत्रकारहरूले स्थानीयहरुसित प्रत्यक्ष भेटघाट गर्दै जानकारी लिनुका साथै आन्दोलप्रति ऐक्यवद्धता समेत जनाएका थिए ।

आन्दोलनकारीहरूले विद्धुत प्राधिकरणले झुक्काएर आफुहरूको जग्गा अधिग्रहण गरेको बताए । मानव बस्तीको बिचमा बिद्धुतको ठूलो सब स्टेसन बनाउँदा खतरा हुने भएकाले सब स्टेसन त्यहाँबाट सार्नु पर्दछ भन्ने उनीहरुको माग छ । (यस विषयको विस्तृत विवरण आगामी बुधबार प्रकाशित हुने हाँक साप्ताहिकमा हेर्न सकिने छ ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित