गैडाकोट । नेपाल कम्युनिस्ट पार्टी (मशाल) का सदस्य बलदेव घिमिरे (जित बहादुर)को यहि मिति २०७९–०९–१९ गतेका दिन असामयिक निधन भएको थियो । निधन पश्चात् अन्तिम संस्कारमा नेकपा (मशाल)का केन्द्रीय प्रतिनिधि विमल शर्माले पार्टीको झण्डा ओडाउनु भएको थियो भने जिल्ला सदस्य लेखनाथ शर्माले कार्यक्रमको संचालन गर्दै उहाँको जीवनी बारे प्रकाश पार्नुभएको थियो ।
यसै क्रममा पौष २७ गते नेकपा (मशाल) जिल्ला समिति नवलपुरले उहाँकै निवास गैँडाकोट १४ मा एक शोक सभा आयोजना गरेको छ । डिल्ली पौडेलको संचालन, १ मिनेट मौनधारण पछि (मशाल) का केन्द्रीय प्रतिनिधि का. बिमल शर्माले पार्टी संगठन र समाजमा बलदेवको भुमिका, धर्म संस्कृतिको विषयमा प्रष्ट पार्दै उहाँको निधनले समाज र पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनु भएको थियो ।
कार्यक्रममा श्रद्धाञ्जली फोटो फ्रेम लेखनाथ शर्माले उहाँको परिवारलाई हस्तान्त्रण गर्नु भएको थियो ।