माघ ५,काठमाडौं । नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको २०७९ माघ ५ गते विहिबार बसेको प्रतिनिधिसभा बैठकबाट घिमिरे नवौं सभामुखमा निर्वाचित भएका हुन् । मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरेका थिए ।
घिमिरे सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा साझा उम्मेदवार बनेका थिए । घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । नयाँ सभामुख चयनका लागि भएको उक्त मतदान प्रक्रियामा २६८ जना सांसद सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए ।
घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् । यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख निर्वाचित भएका थिए ।
एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको नवौं सभामुख

Comments