माघ १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न ओली बालुवाटार पुगेका हुन् । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल र ओली बीचमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, प्रदेशमा मन्त्री परिषद्को विस्तार, राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
Comments