७७औं नेकपा स्थापना पार्टी स्थापना दिवस र १५६ओें लेनिन जयन्ती मनाइयो

बेंगलोर । अखिल भारत नेपाली एकता समाज बेंंगलोेर दक्षिण नगर समितिले पार्टी स्थापना दिवस र १५६ओें लेनिन जयन्ती भव्य र सानदार रूपमा मनाएको छ।कार्यक्रमको अध्यक्षता गणेश वि. क. ले गर्नु भएको थियो ।उदघोष करन दयालले गर्न भयो ।कार्यक्रमको प्रमुख अतिथि १७ नम्बर व्यूरो सचिव धर्मराम वि. क रहनु भएको थियो अन्य अतिथिहरुमा,अखिल भारत नेपाली एकता समाजका सचिव रामसिह वि. क, केन्द्रीय सदस्य सेर बहादुर दयाल केन्द्रीय सदस्य कलावति दयाल केन्द्रीय सदस्य मिना वि.क क्षेत्रीय सदस्य द्रोपति वि.क, हिराओड सुन्नरि रहनु भएको थियो ।
ज्ञात अज्ञात सहिदहरू प्रति एकमिनट मौनधारण पछि कलावति दयालले गहकिला शब्दबाट स्वागत गर्न भयो भने रक्तिम साँस्कृतिक अभियानका कलाकार टिमले गीत संगीतबाट स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि धर्माराम वि.क ले भलादिमिर उल्यानोभ इलिच लेनिनको गलामा फुल माला अबिर अर्पणपछि प्रमुख अतिथिको आसनबाट बोल्दै लेनिनवादी संगठनात्मक पद्दति सम्बन्धी स्पस्ट गर्दै देशका बिग्रदो अवस्था छ हामीले यो अवस्था फेर्न क्रान्तिकारी पार्टीको झण्डा मुनि गोलवन्द हुनु अनिवार्य छ भन्नु भएको थियो। त्यसै गरी मन्तव्य राख्नु हुनेहरुमा रामसिह वि.क ,सेर बहादुर दयाल, करन दयाल ,गणेश वि.क, कलावती दयाल, मिना वि क, द्रोपती वि. क, हिरा ओड र सुन्नरी कोली रहेका थिए । अन्तमा अध्यक्ष द्वारा कार्यक्रम समापन गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित