निरन्तरको शैक्षिक आन्दोलन नियाल्दै गर्दा

नारायण प्रसाद भण्डारी
नेपालमा अहिले २०८१ चैत्र २० देखि निरन्तर चलिरहेको शैक्षिक आन्दोलनले पनि तेस्रो हप्ता पार गर्दै महिनाको यात्रा तर्फ पाइला चाल्दै छ । चलिरहेको आन्दोलनलाई नजिकैबाट नियाल्दै गर्दा आन्दोलनको रुप एकातिर उत्कर्षमा पुगेको छ । अर्को तिर जहिले पनि संघर्ष,आन्दोलन,युद्ध,विद्रोहको समयमा क्रान्ति मुख,मुखसम्म आइपुग्दा प्रतिक्रान्ति घाँटी,घाँटीसम्म पच्छ्याइ रहेको हुन्छ । त्यस्ता प्रकारका संगठितहरुको आन्दोलन उत्कर्षको यात्रामा अघि बढिरहेको समयमा प्रति क्रान्तिका रेखाहरु कोरिनु स्वभाविक नै हुन्छ किन भने यो द्वन्द्वात्मक भौतिकवादी एवम् माक्र्सवादी नियम भित्रै हुने गतिविधि हुन्। यदि त्यसो भएन भने जुनसुकै संघर्षहरु छाडा,अराजक,अनुशासनविहीन ,लक्ष्य,उद्देश्यविहीन हुन सक्ने पनि त्यतिकै खतरा हुन्छ । वास्तवमा अहिले चलिरहेको शिक्षक महासंघको आन्दोलन चरम उत्कर्षमा पुग्दै छ । यो शैक्षिक आन्दोलनबाट प्राप्त हुने शैक्षिक मजदुरको लागि जीवन मरणको टाउकोमा कफन बाधिएको आन्दोलन हो । यो आन्दोलनलाई त्यसरी किन मूल्यांकन गरियो भने नेपालमा अहिले सम्पूर्ण प्रकारका शैिक्षक मजदुरहरुलाई करीब १९ किसीमको नामाकरण गरेर विभाजित गरीएको छ ।जसमध्ये सरकारी कानुनमा मान्यता प्राप्त शिक्षक मात्र एउटा जसलाई स्थायीको नाम दिएको छ भने अरु बाँकी १८ प्रकारकाहरुलाई उदाहरणको लागि इ,सी,डी,राहत,निजी ,अस्थायी,करार,सटटा,पालिका,वडा,प्रदेशको अनुदान लगायतको नामाकरण गरिएकाहरु शिक्षकको दर्जामा छैनन ।यिनीहरु बाहिर मात्र शिक्षकको रुपमा सबै पक्षबाट सर,सर भनिन्छ ।घर परिवारबाट स्कूलमा शिक्षक हुनु हुन्छ ।भन्ने मान सम्मान हो तर मान्यता प्राप्त नभएकै कारण शैक्षिक मजदुरले भविष्य खोजिरहेका छन् । आन्दोलन रहर होइन बाध्यात्मक हो ।यदि राज्यले शैिक्षक क्षेत्रमा शिक्षा ऐन,विधेयक निर्माण गरेर एउटा प्रणालीमा लगेर एउटै कानुनको दायरामा सन्चालन गरेको भए देशको शिक्षा क्षेत्रमा यति धेरै क्षति राज्यले पनि बेर्होनु पर्ने थिएन ।शैक्षिक मजदुरले पनि दर्जनौ पटक उही एउटै प्रकारको माग तेस्र्याएर महिनौ दिनसम्म सडकमा हरिबिजोकको अवस्थामा भिख मागे जसरी मगन्ते बनिरहनु पर्ने थिएन होला ?
अहिले लाखौं शैक्षिक मजदुर सडकमा छन् । तिनीहरुका माग प्रति सरकार बेखबर,दुश्मनीको रुपमा हेिररहेको अवस्थामा छ ।सरकारले जसरी भएपनिबीच मै अल्झियोस,अराजकतिर जावस,थकावटमा जावस र आन्दोलन निष्कृय बनोस, विभिन्न आरोपमा मुछियोस,खर्चविहीन बनोस । कुनै न कुनै बाहनामा शैिक्षक मजदुरका मुख्य नेतृत्वहरुलाई गिरफतार गर्न पाइयोस भन्ने दाउमा लागिपरेको हो भने यो सोचाइ,धारणा शैक्षिक मजदुरमाथिको कुठाराघात त हो नै तर यस्ता प्रकारका आन्दोलन कुनै न कुनै अवस्थामा आन्दोलनहरु भै रहन्छन् ।यस्तो तरिकाले शैक्षिक क्षेत्रमा नत सुधार होला नत समस्या हल होलान पटक,पटक आन्दोलन भैरहदा अहिलेको रगं,रमाइलो,नाँँच,गान ,जादु लगायतको नैतिक,इमान्दारी,अनुशासित आन्दोलन विद्रोहमा परिणत हुन सक्ने सम्भव हुनसक्छ ।त्यसकारण यो बाटो कही कसैलाई जान र जान बाध्य नबनाइयोस्। राज्य सम्पूर्ण देश बासी नागरिकको अविभावक हो ।अविभावकले समयमै चनाखो हुनु कर्तव्य,नैतिकता,इमान्दारीता हुनै पर्छ । शैक्षिक मजदुर बिना १२ को परीक्षा बल प्रयोग गरेर चलाउन खोज्दा चल्न सकेन ।सरकार पछि हट्न बाध्य भयो । योजना पूर्णतया असफल भयो शिक्षामन्त्रीमाथि दोष थुपारेर विवादित गराउन खोज्यो ।त्यो पनि नेपालकै ऐतिहासिक अति इमान्दारीताको ,कर्तव्य पालन ,नैतिकवानको सकारात्मक रुपबाट आफनो जीवनको लागि मान प्रतिष्ठा जोगाउने गरी शिक्षा मन्त्रीको पदबाट राजिनामा आयो ।त्यसबाट पनि सरकार पूणर््ातया असफल बन्यो । उल्टो सरकारका वास्तविक हर्कत बाहिरिए ।बुढा पुरानाहरुको उखान सत्य छिप्दैन असत्य लुक्दैन भन्ने चरीतार्थ भयो ।आफनै पार्टी भने पनि अन्यायको विरुद्धमा कार्यकर्ता उत्रिदा रहेछन् भन्ने स्पष्ट बन्यो ।

अहिले चलिरहेको आन्दोलनलाई विश्लेषकहरुबाट जसरी मुल्याकंन गरिएको छ । यसमा कतै सकारात्मक धारणाहरु आएका छन् ।समस्या समाधानका सकेंत देखिन्छन् । कतै आन्दोलन अझै लम्बियोस,बदनाम होस भन्ने थोरै पनि सोचबुझ बिना कुतर्कहरु जसरी गरिएको छ ।हामी शिक्षा क्षेत्रमा ४०,५० वर्ष सेवा गरिएकाहरुकोलागि आपत्तिजनक छ केही समय अगाडी काठमाणडौमा कन्डोमको अभाव भयो भनेर एउटा मेडिकलको भनाइ अनुसार भनेर बाहिरियो । ती कन्डोम निरन्तर किन्नेहरु शिक्षक जस्ता देिखन्छन् भनेर शैिक्षक मजदुर त्यसमा पनि हामी शैक्षिक मजदुर पहिले महिलाको संख्या न्यून थियो तर देशको अवस्था प्राय युवा पलायन हुदै जादा देशमा विभिन्न स्थानमा र समावेशिताको कारण महिलाहरु पनि सबै क्षेत्रमा सक्षम बन्दै जादा शिक्षा क्षेत्रमा पनि आयोगबाट सफल हुने सख्या द्रूत गतिमा बढ्यो । जसको कारण पुरुषको सख्या भन्दा महिलाहरुको सख्या बढी हुन पुग्यो ।अहिलेको आन्दोलनमा पनि महिला शैिक्षक मजदुरको सख्या धेरै छ ।यो खुशीको कुरा हो वास्तवमा हामी पुरुषबाट भन्दा कुनै पनि क्षेत्रमा महिलाहरुको मेहनत पनि धेरै सकारात्मक हुने गर्छ । यहाहरुलाई हामी सबैले सम्मान गर्न जान्नु पछर्। महिलाहरुलाई हेर्ने पुराना कुदृष्टि,शकां,उपशकां,अपमानका नजरले हेर्ने अनि कण्डोमको अभाव भयो भनेर अफाह फैलाउने कार्य ठीक होला कि नहोला ?ती महिला हामी देश बासीका कही न कही बाट नाता पर्न सक्छन?नातै पर्दैन भने पनि तिनी हाम्रा गहना हुन यस्तो शैक्षिक आन्दोलनलाई कमजोर बनाउने ,बदनाम,अपमान गर्ने कृयाकलाप फेरी नदोहारियोस् ।

१)हामी सबैले बुभ्mनै पर्ने शैक्षिक मजदुरको आन्दोलन सरकारकै कारण लम्बियो ।जति लम्बिन्छ राज्यको र नेपाली जनताकै क्षति हो ।यो क्षति अन्य कसैको हो भने जसरी अवमूल्याकंन नगरौ सम्बन्धित निकायले जसरी हुन्छ ।शैक्षिक मजदुर कार्यक्षेत्रमा फर्काउन विलम्व नगरौं ।अर्को तिर यस्ता आन्दोलन पटक पटक उठाउने कसर पनि बाँकी नराखौं ।

२)हामी आन्दोलनलाई टुगोंमा पुराउन जसरी लागि परेका छौं ।दुःख,कष्ट,भोगेका छौं आन्दोलन कहिल्यै सरल बाटोमा हुँदैन कल्पना भन्दा बाहिरका,अप्रत्यासी घटना,लाल्छना,घात,प्रतिघात, हुन सक्छ । आन्दोलन उठान गर्न जति सजिलो हुन्छ ।बैठान गर्न सजिलो हुँदैन।अनगिन्ति चुनौतीको बीचबाट छुराको धारमा टेकेर बढिरहेको हुन्छ ।नेतृत्वमाथि समस्याका चाङले घेरेको हुन्छ ।यो शैक्षिक मजदुरको आन्दोलन दुर्गा प्रसाइको हावादारी ,बिना योजना,अराजक तरिकाको जनताको सम्पत्ति माथि आगजनी ,अनाहकमा मिडीयाकर्मीको अमानवीय तरिकाले हत्या गरे जस्तो होइन ।यस भित्र धेरै जिम्मेवार संगठनका सत्ताधारी ,विपक्षी,स्वतन्त्र,सबै प्रकारका मिसावटका झण्डा छन् भने बाहिर एउटै सिँगो शिक्षक महासंघको नेतृत्वमा सन्चालित झण्डाले प्रतिनिधित्व गरिरहेको छ ।यसलाई कम आकंलन गर्नु मुर्खता हुन्छ ।यति ठूलो दरिलो ,ओजिलो झण्डाको छत्र छायामा संगठित हामी शैक्षीक मजदुरले पनि अबका सोच बदल्नु पर्छ ।हामीलाई लागेका आरोप आफना सन्तान निजी स्कुलमा जनताका छोरा,छोरीको भविष्य माथि खेल गर्ने भनाई जसरी यत्र तत्र छ ।त्यो आरोप होइन ।आत्मैबाट,छातीमा हात राखेर भन्नु पर्छ ।त्यो सत्य हो ।यसको छिनोफानो पनि अहिलेको आन्दोलनले सबैको छाती गर्वले फुलाउन पाउने गरी आम नेपाली जनता,देश विदेशमा रहनु हुने आदरणीय अविभावक सबैकोलागि विश्वास पैदा हुने गरि शिक्षा ऐन निमार्णमा हामी स्वयंले अग्रणी भुमिका खेलेर अब देखि एउटै नामका शिक्षकको नामाकरण मुल्य,मान्यता,ऐतिहासिक ऐन बनोस हामी जीवनभर शैक्षिक क्षेत्रमा रगत बगाएकाहरुको लागि पनि खुशियाली छाउने गर्वको महसुस गर्न लायकको बनेर आन्दोलन यथाशीघ्र स्थगित गर्न पाउने सुर्वण अवसर प्राप्त होस आन्दोलनमा अहोरात्र खट्नुहुने सम्पुर्ण शैक्षिक  मजदुर र हाम्रो सम्मानित संस्था शिक्षक महासंघप्रति आन्दोलन छिटै टुंगोमा पुगोस शुभकामना । अन्तमा शिक्षामन्त्री विद्या भट्टराईले आफनो ओहोदाबाट आफु जस्तै दिदी बहिनी ,दाजुभाईका दुःख कष्ट, पीडाको मूल्य मान्यताका साथ आन्दोलनलाई टुंगोमा पु¥याउन खोन्दा विभिन्न काँढेतारले बाटाहरु बन्द भएको महशुस गर्दै आफुबाट असफलको महसुस गर्दै राजीनामा दिने कार्य सुनौलो उदाहरणीय सम्मानजनक भएको महसुस गर्दै उहाप्रति धन्यवाद ज्ञापन गर्न पाउने अनुमतीकोलागि निवेदन गर्दै यस्ता कार्यको सिको नेपालका शासक वर्गले सिकुन भन्ने अपेक्षा राख्दै नव नियुक्त शिक्षामन्त्रीबाट शैक्षिक आन्दोलन टुंगोमा पुग्ने विस्वस्त हँुदै धन्यवाद ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित