माघ १२, काठमाडौँ । तराईका केही स्थानमा हुस्सु/कुहिरोले जनवीवन प्रभावित पारेको छ । विहानीपख बाक्लो हुस्सु र कुहिरो लागेको लामो समय भएपनि हट्न सकेको छैन ।यसले दैनिक जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अत्यधिक चिसोले तराईको जनजीवन कष्टकर बनेको छ ।
हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
चिसोले जनजीवन प्रभावित
Comments