करन दयाल
जनविस्तार जनसागर हुँदै गको छ
जनविस्तार जनसैलाव हुदै गको छ
जनविस्तारमा जनसमर्थन मिलेको छ
जनविस्तार अभियान तीव्रगति मिलेको छ।
जनता सितको सम्बन्ध विस्तार हुँदै छ
जनसम्बन्धको बिस्तारमा गति मिलेको छ
जनताको इच्छा परिवर्तनशील बाटोमा छ
जनताले देश परिवर्तन गर्न चाहि रहेको छ।
जनविस्तार देशको विकासको लागि हो
जनविस्तार दलाल प्रवृत्ति सखाप पार्नु हो
जनविस्तार देश रक्षाको लागि बनेको हो
जनविस्तार देश स्वतन्त्र समृद्धि बनाउनु हो।
यो अभियान जनताको अभियान हो
यो अभियान देश बनाउने अभियान हो
यो अभियान देशको मान्यताको अभियान हो
देशलाई सुरक्षित पार्ने मुल अभियान हो।
जनस्तर अभियान जनसागरमा भरिने छ
जनअभियान विशाल स्ंख्यामा पाइने छ
जनस्तर अभियान देशव्यापी भएको छ
जनस्तर अभियान जनताको घर घरमा छ ।
क्रान्तिकारीहरू गाउँ गाउँमा पुगेका छन्
सहकार्य तर्जुमामा क्रान्तिकारीहरू लागेका छन्
समाजिक राजनैतिक अवस्था केलाएका छन्
देशैभरि सामाजिक समस्या अवलोकन गर्दैछन।
आदरणीय जनसमुदायहरू जनसम्बन्ध तयार पारौं
क्रान्तिकारी कम्युनिस्टको झण्डामुनि गोलबन्द बनौ
देशमा अन्याय अत्याचार शोषण दमनको अन्त गरौं
देशकोलागि घातक हुने सबैखाले प्रवृत्ति खतम पारौं ।
क्रान्तिकारीहरूको हातेमालो हुनु जरूरी भएको छ
देशमा क्रान्तिकारीहरूको वर्चस्व अनिवार्य हुनुपर्छ
दलाल संरचनालाई ध्वस्त पारेर देश स्वतन्त्र बन्नपर्छ
देश स्वतन्त्र देशका नागरिक स्वाभिमानी हुनुपर्दछ।
देश र जनताका समस्या लिएर गाउँ गाउँमा जाउं
देश दलाली प्रवृत्तिबाट बचाएर हरा भरा बनाउँ
देश स्वतन्त्र स्वाभिमानी नागरिक बनाउने तिर लागौं
त्यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टीको सदस्य बनौं।