जथाभावी फोहोर फाल्नेलाई सिद्धार्थनगरद्धारा जरिवाना

 

 

भैरहवा, १२ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)ले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना लगाएको छ । पटक पटक सुचना जारी गर्दा समेत अटेर गरी जथाभावी फोहोर फाल्न नछाडेपछि नगरपालिकाले जरिवाना पत्र काटेको हो ।
नगरका सडक पेटी एवं सार्वजनिक स्थानहरुमा जथाभावी फोहोर फाल्ने ६ पहिलोपटकलाई पाँच हजारका दरले जरिवाना तोकीएको छ । नियमित सरसफाई एवंम फोहोर मैला घर घरमा पुगेर उठाउदाँ पनि कतिपयले अटेर गरी सार्वजनिक स्थानमा फोहोर फाल्न नछाडे पछि बाध्य भएर जरिवाना काट्नु परेको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । ‘नगर स्वच्छ, सफा, हराभरा र सुन्दर राख्ने दायित्व सबैको हो । हामीले सरसफाई गरिरहने र जथाभावी फोहोर पनि फालिनै रहने हो भने यो उदेश्य पुरा हुन सक्दैन । उनले भने‒त्यसकारण नगरसफा राख्ने कार्यमा सबैले सहयोग गरौ ।’
नगरपालिकाले शुक्रवार वडा नं ५ का गणेश लक्ष्मी कलेक्सन, हरी ओम फूल घर, के.जी फु्रट एण्ड मेटिरेवल सप्लायर्स, आर.जे फु्रट एण्ड सब्जी सप्लायर्स, वडा नं ६ को नव दुर्गा प्लाष्ट्रिक सप्लायर्स र १२ को वेवि लेन्डलाई पहिलो पटकलाई पाँच हजार जरिवाना तोकेको हो । फोहोरमैला ब्यवस्थापन ऐन २०६८ को दफा ३८ (क( को कसुर ठहर गरी सोही ऐनको ३९ (१) अनुसार जरिवाना तोकिएको र उक्त जरिवाना ३ दिन भित्र नबुझाए थप कार्वाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । जथाभावी फोहोर फाल्नेहरु माथि नगरपालिकाले निगरानी बढाएको र त्यसरी जो कोहीले सार्वजनिक स्थानमा फोहोर फालेको पाइए कार्वाही गरिने उनले बताए ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित