प्रधानमन्त्रीको व्यस्तताले जनगणनाको नतिजा आउन ढिलाइ

माघ १३, काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा प्रकाशित भएको एक वर्ष पूरा भइसक्दा पनि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ भइरहेको छ । पौष महिनाभित्रमा अन्तिम नतिजा प्रकाशित गर्ने तथ्यांक विभागले तयारी गरेको थियो । तर प्रधानमन्त्रीको हेराफेरी र प्रधानमन्त्रीको समय नमिलेको कारण अन्तिम नतिजा प्रकाशन गर्न ढिलाई भएको हो ।
तथ्यांक विभागका सूचना अधिकारी मनोहर पौडेलले हाँकलाई बताए, “तथ्यांक विभाग अहिले प्रधानमन्त्री र मन्त्रि परिषद् कार्यालय अन्तर्गत छ । राष्ट्रिय जनगणनाको नतिजा राष्ट्रिय सरोकारको विषय भएकाले प्रधानमन्त्रीबाट नै सार्वजनिक गर्ने योजना छ । सम्माननीय प्रधानमन्त्री ज्यूको समय नमिलेका कारण सार्वजनिक गरिएको छैन । उहाँको समय मिल्दा वित्तिकै अन्तिम नतिजा प्रकाशित गरिने छ । विभागले आफ्नो तर्फबाट तयारी गरिसकेको छ ।”
गत सालको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ९१ हजार ३६१ र महिला १ करोड ४९ लाख १ हजार १ सय ६९ प्रकाशित गरिएको छ । जनसंख्या बृद्धिदर ०.९३० प्रतिशत रहेको छ । सात प्रदेश मध्येमा मधेश प्रदेशको ६१ लाख भन्दा बढी, बागमती प्रदेशको ६० लाख भन्दा बढी र सबभन्दा कम जनसंख्या कर्णालीको १६ लाख भन्दा बढी देखाइएको छ । प्रवासमा रहेका नेपालीहरुको जनसंख्या २१ लाख ६९ हजार देखाइएको छ । तर तथ्यांक विभागले बताए अनुसार समग्र परिवार नै विदेश गएकाहरुको तथ्यांक लिइएको छैन । यूरोप, अमेरिका, अष्टे«लिया, क्यानडा, जापान लगायतका देशमा डि.वि. र पि.आर लिएर गएकाहरुको तथ्यांक अर्थात् नागरिकता त्यागेर गएकाहरुको तथ्यांक लिइएको छैन । प्रायः विदेशमा बस्छ तर गण्ना गर्दा नेपाल आएका व्यक्तिहरुको तथ्यांक लिइएको छ । जात÷जाति, मातृभाषा, धर्मबारे यसैपटक तथ्यांक आउँछ कि आउँदैन ? त्यसबारे सूचना अधिकारी पौडेलले स्पष्ट गर्न चाहेनन् । यसपाली जिल्ला, पालिका र वडा तहसम्म नतिजा आउने निश्चित छ पौडेलले हाँकलाई बताए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित