काठमाण्डौ । अखिल नेपाल जनसाँस्कृति महासंघ ९ नं को क्षत्रीय भेला गौरी देवकोटाको अध्यक्षता, प्राडा जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अतिथि मित्रलाल पंज्ञानी रहनु भएको थियो। भेलाले गौरी देवकोटाको संयोजकत्वमा १७ सदस्सीय ९ नं क्षत्रीय समिति गठन गरेको छ । जसमा सदस्यहरु छायाँदत्त न्यौपाने , श्रीकृष्ण सुलु , इशवरी गुरागाइँ, असल पाख्रिन , प्रतिभा पौडेल, श्रीधर अधिकारी, विष्णु न्यौपाने, अग्निराज पौडेल,असल वाइवा, अमित योन्जन, पुन्य प्रसाद आचार्य, जय दाहाल , मदन लामा , गणेश बोहोरा , देवेन्द्र धामी र गिनिज बुढा रहनु भएको छ । भेलाले काठमाण्डौ,भक्तपुर,ललितपुर जिल्लाको संयोजकहरुमा क्रमशः विष्णु न्यौपाने , मदन लामा , इशवरी गुरागाइँ रहने निर्णय गरेको छ, भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानको समापनको मइ १ को दिन हुन गइरहेको समापन कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघ ९ नं को क्षत्रीय भेला सम्पन्न

Comments