राजनैतिक परिवर्तनबारे

किसनबहादुर वि.क.

विक्रम सम्वत् २०८१ को राजनीतिक, सामाजिक तथा आर्थिक उथल पूथल बाट गुज्रियो । कैयौं अप्ठ्यारा बाधा अर्चना लाई थिचोल्दै २०८२ सालमा सबै राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको सुबुद्धी पलाओस देशमा सु –शासन समृद्धिको र उन्नतिको वातावरण बनोस देशका युवा पिँढीलाई देशमै रोजिरोटी ब्यवस्था होस् भन्ने चाहना सम्पूर्ण नेपालीकोविमति छैन तर युवाहरुले पनि बुझ्न जरूरी छ कि नेपाली इतिहासमा अवस्था फेरिन्छ व्यवस्था फेरिँदैन किन कि २००७ साल देखि नाम परिवर्तन भएका छन् ।शासक फेरिँदैन त्यसका लागि पुराना शासकलाई न फालिकन नयाँ व्यवस्था आउँदैन विडम्ना के देखियो भने अहिलेका युवा युवतीहरुलाई राजा आउ देश बचाउ भन्न लगायो । अहिलेका युवा युवतीहरुलाई राजतन्त्र निरंकुश पञ्चायती व्यवस्था भनेको कस्तो व्यवस्था हो थाहा छैन् । पञ्चायती व्यवस्थामा राजा संविधान भन्दा माथि रहन्छ जनताले राजाको आदेश मान्नुपर्छ। अहिलेका गणतन्त्रवादीहरूले जनतालाई केन्द्रमा राखेर काम गर्न सकेको छैन । त्यो सत्य हो तर जुन आज अस्पतालदेखि सरकारसम्म सदन देखि सडक सम्म र सडक देखि न्यायलय सम्म जाने अधिकार यहिँ व्यवस्थाले ल्याइएको हो । जति देशमा प्रत्यक्ष राजा शासन थियो । त्यति बेला शान्ति थियो । त्यो कस्तो शान्ति थियो कसैले पनि राजा विरूद्ध बोल्ने अधिकार थिएन । आज पनि बहुसंख्यक नेपाली जनता राजाको रैति हुन चाहादैन म आजका युवा युवतीलाई स्मरण गराउन चाहन्छु कि २००७ को शिशु प्रजातन्त्र माथि क्रु गरेर वि.सं. २०१७ पुस १ गते संसद र सरकारलाई निलम्बन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । त्यसपछि देशमा निर्दलीय शासन व्यवस्थाको सुरुआत भयो । वि.सं. २०१७ पुस २२ गतेबाट राजाले विधिवत् रूपमा पञ्चायती व्यवस्थाको सुरुआत गरे । यस व्यवस्थालाई कानुनी वैधता दिन २०१९ साल पुस १ गते नेपालको संविधान, २०१९ घोषणा भई लागु भयो । त्यस पछि नेपाली जनताले जन्मसिद्ध अधिकार समेत गुमाउनु पुग्यो । त्यस पछि तितरबितर भएका राजनीतिक दल सक्रिय हुँदै गएको राजा बिरेन्द्रले थाहा पाए पछि २०३६ साल जेठ १० गते सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय शासन व्यवस्था भन्ने दुईओटा विकल्पसहित जनमत सङ्ग्रहको घोषणा गरे । त्यतिबेला बेलाको जनमत राजा राजतन्त्रलाई नै प्राप्त भयो। यो जनमत राजनीतिक दल र बहुदलीय पक्षधर लाई स्वीकार्य भएन त्यसको ठीक १० वर्ष पछि
वि.सं. २०४६ साल फागुन ७ देखि चैत २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली काङ्ग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोही दिन भएको सम्झौता अनुसार निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो।
नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो । जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली काङ्ग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए।५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो । तर त्यो बहुदलीय ब्यवस्थामा सार्वभौम शक्ति राजा संग नै रहेकाले दोस्रो आन्दोलन २०६२र२०६३ वा जनआन्दोलन २ नेपालमा भएको आन्दोलन थियो । जुन १९ दिनसम्म चलेको थियो। यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। यस आन्दोलनमा विभिन्न राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेको तत्कालीन माओवादी समेत सम्मिलित भएको थियो। यो देशको सहादत प्राप्त गर्नुभएका सहिदहरू सपना पूरा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको काँधमा आएको छ। त्यो जिम्मेवारी लिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल २०८१ साल चैत्र ४ गते बाट देशका ७७ ओटै जिल्लामा जनसम्बन्ध विस्तार अभियान भ्रष्टचार, शोषण र अन्याय विरुद्ध अभियान निरन्तर अगाडि बढेको छ। यो अभियानले अहिलेको बुर्जुवा गणतन्त्र फालेर जनगणतन्त्र अथवा नौलो जनवादी ब्यवस्था ल्याउने र वैज्ञानिक समाजवादको निर्माण‌ गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित