मेघराज भट्टराई
१० वर्षको द्वन्द्वकालदेखि आजसम्मको समयलाई सर्सती हेर्दा हामी चरम अराजकतावादी गतिविधिमा पिसिएका छौं । यो देश बधशाला जस्तो भएको छ । नियम कानुनलाई राजनीतिको जामाले छोपेको छ । जस्तो जघन्य अपराध गरे पनि राजनीतिक पार्टीसँग जोडिए पछि कसैको तागत नै हुँदैन । देश झन् पछि झन अँध्यारो सुरुङभित्रको यात्रामा फस्दै गएको छ । विचारको नाममा हत्या नै गर्नु पर्ने मानसिकताबाट जब हतियार प्रयोग हुन्छ हुने यही हो जो अब राष्ट्र नै समाप्त हुने अवस्थामा पुगेको छ । रोल्पाको हार्जाङ घटना होस् या यदु गौतमको हत्या या शिक्षक मुक्तिराम अधिकारी या नन्दलाल अधिकारीको छोरा, नवराज विकको हत्या । हत्याको सिलसिला हेर्दै जाँदा धेरै हत्या भएका छन् । जो निहत्था निर्दोष मानिसको रगत कुनै कसुर बिना बगेको छ । यिनको हत्याराहरुलाई कार्वाही कसले गर्ने ? निर्मला पन्त जस्ता नाबालिकाको बलात्कार पछिको हत्या र हत्यारा पत्ता नलाग्नु यो देशको शासन व्यवस्थाको असफलता नै हो । किटानी जाहेरी दिएको छ, तर त्यो व्यक्ति राजनीतिको आडमा सांसद, माननीय बनेर तिनै पीडितको छातीमा परेड खेल्न आएका छन् । नपत्याए घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर मार्ने एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई हेरौं । उनी संसदमा निर्वाचित भएका छन् संसद मै उपस्थित छन् । गृहमन्त्रीसँग बसेका छन प्रहरीले देख्दैन । पूर्व सभामुख अग्निप्रसाद सापकोटाको विरुद्ध पनि किटानी जाहेरी थियो । उनलाई कसैले छुन सकेन । बालकृष्ण ढुंगेलको विरुद्धमा हत्याको अपराध भएको जिल्ला अदालतबाट प्रमाणित भएको थियो । उनी माओवादी हुँदै एमाले बनेर मरे । नेपाली कांग्रेसका नेता २९ जना नागरिकलाई इटा भट्टामा ज्युदै पोलेको आरोपमा जेलमा छन् तर शेर बहादुर देउवाले छुटाउन भरमग्दुर कोशिश गरिरहेका छन् । रेशम बहादुर चौधरीको केश पनि कम छैन उनको विरुद्धमा दुधे बालकसम्म लाई मारेको र अदालतमा सावित भै जेल ससजाय भोगिरहेका छन् । उनलाई छुटाउनको लागि उनको पार्टी नागरिक उन्मुक्ति पार्टीले सरकारसँग निशर्त रिहाइको माग राखी रहेको छ । राजनीतिको जामा लगाइ दिएर फुलमालाले स्वागत गर्न आतुर छ यो राज्य व्यवस्थाका संचालक ।
प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल छरेर आगो लगाएर आत्मदाह गरेका छन् । दैनिक मानिस आत्महत्या गरिरहेका छन् । यसको कुनै सुनुवाई नभएको देखेर नै होला सायद प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि आगो लगाए । उनको चित्कारले यो राज्य संचालकलाई अपराधी घोषित गरिसकेको छ । उनले मर्नु अघि लेखेको लामो आत्मवृत्तान्त सजिलै पढ्न सकिने खालको पनि छैन । उनले राज्यलाई दिएका सुझावहरुको लिस्ट अकाट्य नै छन् भन्दा अन्यथा नहोला । एक एक शब्द राष्ट्रको लागि अरु नागरिक जसले बैंकदेखि ठूला औद्योगिक घराना विमा कम्पनी, होटेल व्यवसायीदेखि नेता नेतृत्वमाथि प्रश्न उठाएका छन् । यसको सुनुवाई कसले गर्ने ? जहाँ न्यायालय भएर पनि कानुनको धज्जी उडेको छ । यो देशमा कुन मापदण्डले पीडितलाई राहत दिन्छ ? यो दलाल पुँजीवादी व्यवस्थामा लुटेरै धनी बन्नेहरु मात्र टिकेका छन् नत्र देशको अर्थतन्त्र बर्बाद भएको छ । नागरिक विदेश पलायन भएका छन् । कुन व्यवसाय गरेर हामी अघि बढ्ने ? वर्षाको च्याउ जस्तो उम्रिएका बैंक आज मर्ज हुँदै अस्तित्वको लडाई लड्दै छन् । यिनीहरुको मनपरी यस्तो छ कि ब्याजदर अचाक्ली बढाउने जनतालाई ठग्ने ठूला ठूला ऋण लिएर नतिर्ने मार्ट, मल आज माफिया जस्ता भएका छन् । कुनै समयमा ‘न्याय नपाए गोर्खा जानु’ भन्ने युक्ति आज फिका झुठ्ठा साबित भएको छ । हामी कस्तो देशका नागरिक भयांै ? भनेर युवा शक्ति विदेश पलायन भएका छन् । खेलाडी विज्ञ बौद्धिकदेखि साधारण मजदुरले सम्म यो देशमा आफ्नो भविश्य देखेका छैनन् । डिभि भर्नेको लाइन राहदानी बनाउनेको लाइन श्रम गराउनेको लाइन देख्दा मन विरक्त हुनु स्वाभाविक नै हो । यस्तो अवस्थामा देशमा प्रेम प्रसाद आचार्यहरु नजलुन पनि किन ? जो पनि लुटेर खान सिक्ने देश यही भयो भोलिको कुनै योजना नै छैन । यो सबै शिक्षाबाट शुरु हुन्छ जीवनसँग सकिन्छ । घर परिवार बिग्रेकोछ शिक्षा, स्वास्थ्य, जीवनशैली सबै बिग्रिएका छन् । देश आर्थिक, राजनैतिक हरेक क्षेत्रबाट विदेशीको क्रीडास्थल बनेको छ राष्ट्र । हामी आपूmलाई चाहिने कुनै पनि चीजको उत्पादन गर्न लागांैला तर खुला सिमानाको कारण नेपाली उत्पादन महँगो हुन्छ र नेपाली उपभोगताले भारतीय सामान किन्न जान्छन् । यसको सिधा असर नेपाली व्यवसायीलाई पर्छ । राज्यले नियन्त्रण गर्न सक्दैन । हामी कुन–कुन ठाउँमा गुहार माग्ने ? ठूला ठूला कर छलीका मुद्दा हेर्दैन, पैसा असुल्दैन तर साना साना व्यक्तिगत ऋण लिएका नागरिक साना व्यवसायीलाई दुःख दिन्छ लिलाम गर्छ । जनताले निराशा भएर आफुलाई बेचेर अरबका खाडीमा पु¥याउँछन् । अवैधानिक रुपमा खुलेका कारोबारले पैसा विदेश लगे । यसमा राज्यका सुरक्षा निकायका हाकिमदेखि बैंकका कर्मचारीसम्म मिलेमतोमा भएका भएका हुन्छन् । आज भए भोलि देखा जाला भन्ने चिन्तनबाट संचालित नेपाली नागरिक कै कारण देश टाट पल्ट्याइ भएको हो कार्वाही कसले गर्ने ?“न्याय नपाए गोरखा जानु” भन्ने उखान स्थापित भएको देशमा न्याय मरे बराबर भएका हुन्छन् । यसले आम जनतालाई निराश बनाउनु स्वाभाविक छ ।