नारायण प्रसाद भण्डारी
नेपालमा समग्र शैक्षिक क्षेत्रलाई २ प्रकारमा बिभाजन गरिएको छ । जसमध्ये एकथरिलाई निजी विद्यालय भनेर पहिचान दिइएको छ । निजी नामक शैक्षिक क्षेत्र शानदारढंगंले चलाइएका सरकारले नै संरक्षण गरेर प्रा.लि. मा लगेर राज्यले नै जति सक्छौ कमाउ ,जति लुटन सकिन्छ लुट भनेर कागजमै मापदण्ड,मिलाइएका ,कैयौ स्कुलहरु झोलामा हुन्छन । तिनीहरु ब्यापारी नाफामूलक भएको कारण जतिबेला पनि बिक्रिमा हुन्छन । एउटाको नामबाट खोलिन्छ । सेयर सदस्य सरकारी कर्मचारी ,विभिन्न पार्टीका नेता ,हुने खाने संभ्रान्त परिबारका,आन्तरिक रुपमा शिक्षकहरुले समेत लगानी गरेका हुन्छन् ।
अहिले सम्मको रेकर्डमा बोर्डिङ स्कुलहरु घाटामा गएको ,स्कुल खोल्नेहरु डुबेको एकाध घटना फाउण्डरको लापरवार्हीको कारण,सेअर सदस्यबीचको मनमुटाव बाहेक अन्य कारणले बिगे्रको डुबेको सुन्नमा पाइन्न किनभने यसको सन्जाल ,संयन्त्र नै अति बलियो र दरिलो हुन्छ । त्यस्ता विद्यालयहरुमा गरिखाने वर्गका भन्दा बसी खाने कै सन्तान अध्ययन गर्दछन् । हामीले देखे जानेका अर्काको सानो घर,कोठा भाडामा लिएर सन्चालन गरेका बोर्डिङ स्कुलहरु हेर्दा,हेर्दै छोटो समयमै अरब पति भएका उदाहरण प्रशस्तै छन् । अर्को कुरा प्रायः झ्यालबाट ल्याइएका अझ बलिया हुन्छन । अर्को थरि जसलाई नामै सुन्नमा काफी अति सुन्दर सरकारी नामका सामुदायिक भनेर गरीब,असाय,निसाय,कमजोरहरुका सन्तानले पढ्ने, सत्तामा जानेहरुको लागि भोट बैक,दुहुनो गाई राजनीति गर्नेहरुका कार्यकर्ता बटाह लगाउने ,छात्र बृितको बाहनामा परेवालाइ कनीका छरे जस्तो छरेर ,दिबा खाजाको नाममा बिज्ञापन गरिन,े पार्टीको सिफारिसमा नियुक्त भएकाहरु भन्दा आफनै झोला बोकाएर आफु सत्त्ता बाहीर छदा आन्दोलन उठाइदिने ,उनीहरुलाइ सत्तामा पुराउन भरयाङ बन्दिनु पर्ने यस्ता प्रकारका भुमरीमा नाच्ने स्थलहरुमा प्रबेश गर्ने दक्षजन शक्ति पनि छन जस्ले मेहनेत गरेर,आफनै बलमा शिक्षा आयोग लडेर आउनेहरु यो क्षेत्रमा आय पछि कुनै न कुन संगठनको रसीद काट्नै पर्ने बाध्य हुन्छ । अन्यथा सुरक्षित भइन्न अपायक ,दुरगममा जानु पर्छ विविध कारणले संजाल भित्र छिर्न पर्छ । त्यस्ता दक्ष उत्पादनहरु पनि केही समय पछि उस्तै हाबाले ग्रस्त बनाउछ । जस्तो ठाउँमा गयो त्यस्तै बन्नु पर्ने बाध्यता पनि होे ।
अहिले सम्मको रेकर्डमा शिक्षक,कर्मचारी जो सुकै राष्ट्रसेबक भनिनेहरुका सन्तानहरु निजीमै हुन्छन् । अपवादमा मात्र सरकारीमा हुन्छन् ।केही समय यता सामुदायिक स्कूलमा सुधार हुनसक्ने अबस्था प्रबल थियो । सरकारी बिध्यालय हरुले पनी बिश्वास जित्दै थिए भर्नाको लर्को थियो ।त्यो सबै सरकारको रबैया,शिक्षक माथिको आक्रमण,शैक्षिक मजदुरहरुलाई विभाजन गर्दै आन्दोलन नै कमजोर बनाउने रणनीतिमा सरकार लागि परेपछि अभिभाबक बिहीनका शिक्षक अब के गर्ने ? आन्दोलन टुङ्गोमा पु¥याउनका लागि राज्य नै बेखबर भए पछि शिक्षक ,अभिभावकको चाहनाले मात्र पुग्दो रहेनछ । राज्यले नचाहे पछि वातावरण नबनाई दिए पछि सरकारी विलयहरु अस्त ब्यस्त त छदै थिय अहिलेको शिक्षक माहासंघको नेतृत्वमा सन्चालीत २०८१ च्ौत्र २० देखी हाल सम्मको शैक्षीक मजदुरको आन्दोलनले अबत ध्वस्तै बन्ने भए किनभने निकास निस्कने भन्दा सरकार र शिक्षक बिच भडप ,हुन थाल्यो,शिक्षकहरु निर्मम तरीकाले अगं,भगं हुने गरी कुटीन थाले ।२०८२बैशाख १४ गतेको दिन आमाको मुख हेर्ने दिनमै गुरुआमा ,गुरु बा माथी सांघाती हमला भयो । कसैका आखाफुटे कसैका अगंभगं भय,हजारौ शिक्षक हरु माथी पानीका फोहरा बर्षायर ,बल प्रयोग गरेर दर्जानौ शैक्षीक मजदुर घाइते भय यो लक्षण ले अब शिक्षा क्षेत्र र शैक्षीक मजदुर को अबस्था के हुने ?शिक्षा क्षेत्रमा आन्दोलीत शिक्षक माथीको यस्तो खाले निरङकुश,दमन,आक्रमण,अत्याचारको श्रृखलाको कालो इतिहास फेरीपनी दोहारीयो बिगतको आन्दोलनमा घाइते अगं,भगं भएकाहरुको घाउ नसुक्दै दुखदायी, पीडादायी अवस्था दोहोरियो पछि सरकारको चाहना के ?
नेपालका कुनै पनि दलका भनौ नेतागण भनौ यहाहरु सत्तामा नजादा सम्म बिभिन्न आम सभा होस ,अन्र्तकृया होस वा अन्य कुनै पनि समयमा आम शैक्षिक मजदुरलाई गुरुको दर्जामा भाषण गर्ने तपाइहरु त यो देशका मान्यजन गुरु वर्ग भनेर प्रफुल्ल बनाउने ,एउटा सिगों सगंठनलाइ टुक्रायर दजर्नौ पाटीका निकट भातृ संगठन बनाउनमा मल.जल हाल्ने,सत्ता बाहिर रहदा भर्खरै माग पुरा हुन्छन भन्ने प्रकारका अभिव्यक्तिले प्रफुल्ल पार्ने,शैक्षिक गुण स्तरका कुरा गर्ने जब त्यही समुह वा पार्टीको नामबाट सत्तामा गए भने तिनीहरु कर्ति िनर्मम ,नीदर्यी ,निष्ठुर,जाल,झेल कुन चाही पराकाष्ठको शब्दले सम्बोधन गर्ने शब्द चयन गर्न पनी हामी शिक्षा क्षेत्रमा काम गरेका र कलम चलाउने हरुको लागी गाहे पर्दै जान थाल्यो ।आन्दोलनको रिर्पोटीङ गर्न गयकी पत्रकार माथीको ज्यादतीले अब सरकाले स्वयमं गणतन्त्रको धज्जी उडाइ रहेको छ । भनीन्छ ,गणतन्त्र जान थाल्यो रुन्चे स्वरमा गणतन्त्रको ठेक्का लिय जस्तो मानिने तर काम सबै पन्चायती तानाशाहको जस्तो भान हुने यस्ता घटना नेपालमा नया भएनन तर सरकारले स्वयं यो गणतन्त्र टिकाउन यही पाराले हो भने सक्दैन ।अब मिडीयाकर्मी सडकमा आउछन् ।चिकित्सक आन्दोलित छन ।किसान आन्दोलित छन ।विद्यार्थी,अविभाबकले पनि आफनो भविष्य खोज्ने बेला भयो ।यस्ता फोहरी खेल नेपालको लागि नयाँ त होइनन् । पुरानै हुन तर यसपटक पुनह पन्चायत कालको झझजल्को दिने गरी शैक्षिक मजदुर माथि ज्यादती गर्ने निन्दनीय कालो कर्तुतको इतिहास दोहोरियो ।
अब झनै आन्दोलन चर्कीने सम्भाबना देखीन्छ तर त्यसरी जानु हुदैन ।राज्यले आन्दोलन चर्केयोस ,लथा लिगं बनोस भन्ने जसरी निहु खोजीरहेको छ ।त्यस्तो कार्य शैक्षीक मजदुर बाट गर्नु हुदैन बिभिन्न विकल्प द्धारा सरकारलाइ दबाब दिनु पर्छ ।अब आन्दोलन बाट शैक्षिक मजदुर रित्तो हात फर्किने हो भने शिक्षक माहासंघको नेर्तृत्वले हाल सम्म सडकमा भिडिरहेका शैक्षिक मजदुर हरुलाई जबाफ दिनु पर्नेछ ।तर्सथ शिक्षक आन्दोलन आफैमा चुनौती पुर्ण बन्ने भो ।अर्को तर्फ हाल सम्म लाखौ अभीभाबक ,बिध्यार्थी सबैले धैर्य गरे आन्दोलन लाइ जस्तो कुकै अबस्थाबाट भयपनी सर्मथन गरे अहीले छिटो भन्दा छिटो शिक्षकका माग पुरा होउन यथासीघ्र बिध्यालयहरु सन्चालनमा आउन भन्ने चाहना थियो अब चाहना झिनो बन्दै जान थाल्यो ।निकाश बिहीन बन्दै जान थाल्यो ।आन्दोलनले मोड बदल्न बाध्य बनायो यो सबैको दोषी ,भागिदार सरकारनै हो ।देशमा अन्यौल्ता बढदै गयो ।कतै बिध्यालय खुलेका छन । कतै आफै अविभाबकले विद्यालय खोलेका कुरा आएका छन् ।स्थानीय सरकारहरुले शिक्षक हरुलाइ विद्यालयलय खोल अन्यथा कुनै पनि सेवा सुबिधा बिध्यालयहरुमा पठाइने छैन भनेर धम्की देखाउन थालेको अबस्था छ ।खुलेका विद्यालयहरु बन्द गरेर आन्दोलनमा आउन शिक्षक महासंघको उर्दी जारी छ ।कतै २०८१को परीक्षा रिजल्टनै भएका छैेनन । अदालतले दिएको अल्टीमेटम समाप्त हुदैछ ।फेरी पनि कक्षा १२को परीक्षा शिक्षक आन्दोलनको कारण सारेको म्याद पुन नजिकिन थाल्यो ।अर्को तिर ६०,६५जना शिक्षक प्रहरीको कुटाइबाट हस्पिटलमा उपचाररत छन ।अर्को तिर सरकार चौतर्फी घेराबन्दीमा छ ।सरकार कत बेला ढल्ने हो कुनै ग्यारेन्टी छैन ।टेको लगाएर अडाइएका ठुलो मुङरे केराको थाम सरीको सरकारको टेको कती बेला फुित्कने हो ?आफनै बल बुद्धीले चलेको नत देश हो । नत सरकार हो । कति बेला रिमोर्ट बदलिन्छ थाहा छैन ।सरकारलाई पनि ठूलो चुनौती छ । चौतर्फी उठेका आन्दोलन कसरी ब्यबस्थापन गर्ने कसका माग सम्बोधन गर्ने सरकार स्वयं ढिकीच्याउको खेल जस्तो बनेको छ ।यता चाप्दा उता उठछ उता चाप्दा यता उठछको अबस्थामा सरकार परेको छ ।
यस्तो र्ददनाक सप्तरगींको अस्त ब्यस्तताको कारण लाखौ बाल,बालिकाको भविष्य चौपट बन्यो ।सत्ता भित्रका ,विपक्षी भन्नेहरु २०८१,चैत्र १५को राजावाादी आन्दोलन विरुद्धमा जसरी एकमत भए के शिक्षक आन्दोलनको बारेमा एकमत हुन बन्दैनर ?यिनी सबै नाटक हुन ।सत्ता बाहिर छदा र सत्तामा जादाका बैइमानी खेल बाहेक अरु होइनन ।जे होस अहिले सरकारमा जानेहरुले आफनो सत्ता नसम्झिउन देशमा गणतन्त्र आयकै छैन ।अहिले पनि सत्ता मा साम्राज्यबाद,बिस्तारबाद,दलाल पुजिबादको नीर्देशन र सामन्तबादको अबवेश बाटै सत्ता सन्चालीत छ त्यसकारण अहिलेकाहरु सबै सरकारमा जान्छन फर्किछन २,४ दिनको रमझम र भ्रष्टाचारको थलो मात्र बनाइको हो ।जसरी भए पनि लाखौ बाल बालिकाको भविष्य प्िरत ध्यान जावस जुगाका लडाइसंग नेपाली जनतालाई सरोकार हुने छैन ।सबैमा चेतना होस बगांलादेशको घटना सेलाएको छैन जन्ताले धैर्य धारण गरेको छ ।यसलाई कमजोरी ठानियो भने ठुलो मूल्य चुकाउन पनि पर्नै छ । सबैमा चेतना भया धन्यवाद ।

