२०८२ वैशाख १५ ,काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा समाजसेवी तथा शिक्षाप्रेमी लालकृष्ण श्रेष्ठको ७औं दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।आज २०८२ बैशाख १३ गते शनिबार दिउँसो ४ बजे सुरू भएको उक्त कार्यक्रम रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५ साबिक (रामपुर–२) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठ “प्रज्वल”ले बुवा लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षा क्षेत्रमा र माओवादी आन्दोलनमा गर्नुभएको महत्त्वपूर्ण भूमिकाहरुको चर्चा गर्नुभयो ।उहाँले परम्परागत चल्दै आएको रितिरिवाज नमानी यो कम्युनिस्ट संस्कृतिको विकास गर्नु पर्ने भन्दै राजनीति क्रान्तिसहित सांस्कृतिक क्रान्ति पनि गर्नु आवश्यक रहेको बताउनुभयो ।
युवा नेता प्रज्वलले अगाडि भन्नुभयो, “कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनको उदेश्य नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने हो तर तत्कालीन नेकपा )माओवादी) ले सन्चालन गरेको महान जनयुद्ध विजयको शिखरमा पुग्नु लाग्दा सांस्कृतिक क्रान्ति पनि वैचारिक विचलनको कारण हामीले फेरि प्रतिक्रान्ती व्यहोर्नु पर्यो । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त्यतिकै बनेको पार्टी होइन, यो प्रचण्डबाट विद्रोह गरेको पार्टी मोहन वैद्य “किरण”ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी), विप्लवबाट विद्रोह गरेको पार्टी हेमन्तप्रकाश ओली “सुदर्शन”ले नेतृत्वको नेकपा (बहुमत)र मोहनविक्रम सिंहबाट विद्रोह गरेको पार्टी सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेकपा (मशाल)बीच बनेको पार्टी हो । यो पार्टी आमूल परिवर्तन गर्न चाहन्छ । हामी यो देशलाई आत्मनिर्भर र स्वाभिमानी बनाउन चाहान्छौं । त्यसको लागि राजनीति क्रान्ति हाम्रो नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने हो । राजनीति क्रान्तिसंगै सांस्कृतिक क्रान्ति पनि संगै गर्नु पर्ने हुन्छ यो हातले सुरू गरेका छौँ । यो उदेश्यमा पुग्नुको लागि हामी जस्तोसुकै संघर्ष गर्न हामी तयार छौं ।”
बुवाको ७औं दिनमा आयोजित स्मृति श्रद्धाञ्जली सभामा झनक श्रेष्ठ “प्रज्वल”ले बुवा लालकृष्ण श्रेष्ठ नामबाट ३ वटा पुरुस्कार सम्मान कार्यक्रम घोषणा गर्नुभयो ।
१. श्री जनता मा।वि। कोलन्जोरका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थी १ जनालाई ५ हजार रुपैयाँले सम्मान गर्ने ।
२.रामेछाप नगरपालिका– ५ स्थित गरिब, विपन्न तथा जेष्ठ सदस्य एवम् एकल महिलालाई २ हजारले सम्मान गर्ने ।
३.दलित र गैर दलितबीच विबाह गर्नेलाई २÷२ हजारले सम्मान गर्ने ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व प्रदेश समिति सदस्य कमरेड विपना ओली तथा द्वय पार्टी सदस्य कमरेड सरिता बस्नेत र कमरेड डिलपुजा खड्का श्रेष्ठकी ससुरा बुवा र जिल्ला समिति सदस्य कमरेड प्रेमबाबु श्रेष्ठको र केन्द्रीय सदस्य कमरेड झनक श्रेष्ठ “प्रज्वल”को बुवा लालकृष्ण श्रेष्ठको स्मृति सभाको प्रमुख अतिथि उक्त पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले सम्बोधन गर्नु भएको थियो ।
उहाँले भन्नुभयो, जन्म र मृत्यु यो प्रकृतिको नियम हो बुवा लालकृष्ण श्रेष्ठले जुन समाजलाई दिनुभएको योगदान कहिले नमर्ने बताउनुभयो । नेता खड्काले अगाडि भन्नुभयो “उहाँ एकतन्त्रीय शासनकाल पन्चायतको बेलामा उहाँ उपप्रधानपन्च निर्वाचित भएर निमित्त प्रधानपन्च रहुनु हुँदा जनतासङ्ग कर उठाउनुपर्छ भन्दा पन्चायत बेलाको सरकारले गरिब जनताले कर तिर्ने अवस्था छैन भन्दै उहाँकै पहलमा कर मिनाहा गरिएको थियोे ।”
प्रमुख अतिथि पूर्णबहादुर खड्काले थप भन्नुभयो, “बि.स. २०१७ मा यस स्थानमा श्री जनता माध्यमिक विद्यालय कोलन्जोरका सस्थापक सदस्य भएर विद्यालय स्थापना गर्नु हजारौं विद्यार्थीको भविस्य उज्वल बनाएको छ । उहाँ यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर कुशल व्यवस्थापन पनि भएको र कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ ।”
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिका सेक्रेटरी रेखबहादुर मगर “लाङघाली” ले समवेदना पत्र वाचन गरेर सुनाउनु भयो भने प्रमुख अतिथि पूर्णबहादुर खड्का र पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी लाङघालीले समवेदना पत्र बुवा लालकृष्ण श्रेष्ठ र आमा भवमाया श्रेष्ठको बुहारी माइली बुहारी सन्तोशी श्रेष्ठ, काइली बुहारी विपना ओली र कान्छी बुहारी डिलपुजा खड्का श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा ९ नम्बर ब्युरो सदस्य एवं ब्युरोको तर्फबाट नबराज ढकालले हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै लालकृष्ण श्रेष्ठको जीवनबाट हामीले राम्रो शिक्षा लिन सक्यौं भने सच्चा श्रद्धाञ्जली हुनेछ भन्नुभयो ।
त्यसैगरी कार्यक्रममा नेकपा (माओवादी केन्द्र)रामेछाप नगरपालिका ५ नम्बर वडा समितिका अध्यक्ष तिलक तामाङले सम्बोधन गर्नु भएको थियोे । उहाँले भन्नुभयो बुवा लालकृष्ण श्रेष्ठले निमित्त प्रधानपन्च हुँदा समाजलाई अवगत नै छ र महान १० वर्ष चलेको जनयुद्धको बेला पूर्व पन्चायत बेलामा गलत काम गर्नेलाई कारबाही गर्ने योजना थियो तर बुवा लालकृष्ण श्रेष्ठमा त्यस्तो कुनै कारबाही गर्नुपर्ने काम नगरेको बताउनुभयो ।
वडा अध्यक्ष तिलक तामाङले नेकपा (माओवादी केन्द्र) रामेछाप नगरपालिका ५ नम्बर वडा समितिको तर्फबाट बुवा लालकृष्ण श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा र आफन्तजनमा समवेदना व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्लाका सदस्य बिजय पोख्रेल, जिल्ला सदस्य तथा रामेछाप नगरपालिकाका सेक्रेटरी सुजन क्याप्छाकी मगर, नगर सदस्य इन्द्र, स्थानीय राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी, वामपन्थीहरू, क्रान्तिकारीहरु, आफन्तजन, पत्रकारहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको सन्चालन रामेछाप नगरपालिकाका सेक्रेटरी सुजन क्याप्छाकी मगरले गर्नुभएको थियो ।