तिरमिनीवाक्कुम एरिया समितिको प्रथम सम्मेलन सम्पन्न 

 

भारत ।अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समिति अन्तर्गत तिरमिनी वाक्कम एरिया समितिको प्रथम सम्मेलन २७ अप्रैल २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता शिव चालिसे गर्नु भएको थियो। अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट टेक प्रसाद शर्मा र गीत संगीत बाट रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए। सम्मेलनको उद्घाटन केन्द्रीय महासचिव महेन्द्र बस्यालले गर्नु भएको थियो। प्यानल प्रस्तुत केन्द्रीय सदस्य माया हमाले गर्नु भएको थियो। टेक प्रसाद शर्माको अध्यक्षतामा ९ पूर्ण २ वैकल्पिक र २ सल्लाहकार गरी १३ सदस्यीय तिरमिनीवाक्कम एरिया समितिको चयन गरिएको छ। जसमा उपाध्यक्ष शिव चालिसे, सचिव अग्नीधर वराल, सहसचिव चन्द्र बहादुर बौडेल, कोषाध्यक्ष खरिलाल शर्मा, सदस्यहरूमा करन यादव, शिव सुवेदी, सन्त बहादुर कार्की, नरेश शर्मा, वैकल्पिक सदस्यहरूमा तिलक शर्मा, शोभा सुवेदी सल्लाहकार सदस्यहरूमा २ स्थान रिक्त रहेका छन । नव निर्वाचित समितिको तर्फबाट अध्यक्षले सफत ग्रहण गर्नुभएको थियो। वधाइ दिनेहरूमा समाजका केन्द्रीय सदस्य तथ क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नै पश्चिम नगर समितिका अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य राम कुमार केसी, माया हमाल, क्षेत्रीय सदस्य लक्ष्मी सुवेदी, नगर सदस्य वोदनाथ पौडेल रहनु भएको थियो भने कार्यक्रम संचालन नगर सचिव भुवन सुवेदीले गर्नु भएको थियो। कार्यक्रमको अन्तमा लक्ष्मी सुवेदीजीले उपस्थित सबैलाई मिठो खाजाको व्यवस्था गर्नुभएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित