जनसम्बन्ध विस्तार अभियानको ४३ औं दिन कुन टोलीको के कार्यक्रम सम्पन्न भयो ?

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १५ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –

टोली नं १

यो अभियान टोलीले ललितपुरको कोन्जोसोम गाउँपालिकाका चौघरे भारवेद,नल्लु गाउँमा व्यापक पर्चा वितरण र भित्तेलेखन तथा घरदैलो कार्यक्रम गरेकोछ ।

टोली नम्बर २
काभ्रे जिल्ला बनेपा नगरपालिका, बनेपा पार्टी कार्यालय देखि चारदोबाटो चोकमा कोणसभा गरिएको छ । सभाको संचालन मजदुर नेता पार्टीको वैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको हो । अभियानबारे जिल्ला सचिव तथा पार्टीको वैकल्पिक केन्द्रिय सदस्य ढोग प्रसाद अधिकारीले स्पस्ट गर्नुभएको हो । जनसम्बन्ध बिस्तार अभियानबारे र पार्टीको नीति तथा कार्यक्रमबारे पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले मन्तव्य राख्नु भएको हो । साँस्कृतिक प्रस्तुति रक्तिमका अध्यक्ष तथा पार्टीको केन्द्रिय सदस्य नारायण शर्माले प्रस्तुत गर्नुभएको हो । दोस्रो कार्यक्रम बनेपा बसपार्कमा कोणसभा गरिएको छ । सभाको संचालन जिल्ला कमिटी सदस्य श्याम विश्वकर्माले गर्नुभएको हो । सभाको सम्बोधन किसान नेता एवम् पार्टीको केन्द्रिय सदस्य क्षेत्रबहादुर थापाले गर्नुभएको हो । वर्तमान राजनीतिक संकट र निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सचिव ढोगप्रसाद अधिकारीले अध्यक्षता गर्नुभएको हो । प्रमुख अतिथि पार्टीको स्थायी कमिटी सदस्य सन्तबहादुर नेपालीले पार्टीको नीति तथा आगामी कार्यक्रम र पार्टीको अवधारणा राख्नुभएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, समाजवादी पार्टी लगायत पार्टीको प्रतिनिधित्व रहेको थियोे ।

टोली नम्बर ३
नुवाकोट जिल्लाको विदुर नगरपालिका –५ को देवीघाट बजारमा अन्तरक्रियात्मक छलफल भयो। छलफलको सहजिकरण ८ नम्बर व्यूरो सचिव सरोज शर्माले गर्नु भएको थियो। कार्यक्रममा अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कृष्णराज पौडेलले बिषयबस्तु राख्नु भएको थियो।

नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा ३ नम्बर अभियान टोलीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नुवाकोटकोआयोजनामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमम सम्पन्न गरेकोछ । कार्यक्रममा अभियान टोली प्रमुख कृष्णराज पौडलले विषयवस्तु राख्नु भएको थियो। कार्यक्रमको सहजीकरण नुवाकोट जिल्ला सचिव अर्जुनलाल श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम होटेल सान्दारमा भएको थियो।

बिदुर नगरपालिका (१ को ढुङ्गे बजारमा कोणसभा सम्पन्न भयो। अभियान टोली सदस्य तथा पिबिएम शेरबहादुर देउवाले कोणसभालाई सम्बोधन गर्नु भएको थियो। कोणसभाको सञ्चालन अभियान टोली सदस्य तथा पिबिएम अम्बिका मुडभरीले गर्नु भएको थियो। बजार क्षेत्रमा ब्यापक पर्चा वितरण गरिएको थियो।

बिदुर नगरपालिका – ७ को तुप्चेमा पर्चा वितरण गर्नुका साथै भेटघाट कार्यक्रम भयो। अभियान टोलीले त्रिशुली र फलाखु ९ बेत्रगंगा ० को दोभानमा रहेको उत्तर गया र भोट तिब्बत र नेपालको बिचमा सन्धि भएको स्थान कालो ढुङ्गाको अध्ययन अवलोकन गरेको थियो।

बिदुर नगरपालिका–२ को बट्टार बजारमा कोणसभा सम्पन्न भयो। कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन अभियान टोली सदस्य अम्बिका मुडभरीले गर्नु भएको थियो। बजार क्षेत्रमा ब्यापक पर्चा वितरण भएको थियो। अभियान टोलीले विभिन्न स्थानहरूमा वाल पेन्टिङ पनि गरेको थियो।

टोली नम्बर ४
यो टोलीले ४ वटा कोण सभा सम्पन्न गरेकोछ ।

पहिलो कोण सभा
धादिङ जिल्लाको मलेखु बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संचालक दिनेश थापा ९कैलाली इन्चार्ज तथा केन्द्रीय सदस्य० र वक्ता हेमन्त प्रकाश ओली सुदर्शन ( पार्टी स्थायी समिति सदस्य तथा ४ नं.अभियान टोली प्रमुख) हुनुहुन्थ्यो ।

दोस्रो कोण सभा
धादिङ जिल्लाको गजुरी गाउँपालिकाको गजुरी बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको संचालक दिनेश थापा (केन्द्रिय सदस्य तथा कैलाली इन्चार्ज) र वक्ता धनेस्वर पोखरेल (पोलिट्ब्युरो सदस्य) हुनुहुन्थ्यो ।

तेस्रो कोण सभा
धादिङको सिद्धलेख गाउँपालिकाको बुङ्चुङ बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ ।संचालक दिनेश थापा (केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज) र वक्ता नवीन खड्का (केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी कार्यालय सदस्य)
हुनुहुन्थ्यो ।

चौथो कोण सभा
धादिङ जिल्लाको सिद्धलेख गाउँपालिकाको बैरहनी बजारमा कोणसभा कार्यक्रम सम्पन्न भएकोछ । संचालक दिनेश थापा र वक्ता होम बहादुर खड्का हुकुम ( केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज) हुनुहुन्थ्यो ।
व्यापक व्यापक पर्चा बितरण गरिएको छ।
पृथ्वी राजमार्ग र जिल्लाको सदरमुकाममा व्यापक नारा लेख्ने काम सम्पन्न भएकोछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित