काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीको २०८२ वैशाख १६ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
टोली नं १
यो अभियान टोलीले ललितपुर जिल्लामा ४ वटा कोण सभा सम्पन्न गरेकोछ । दिउँसो ३ बजे अभियान टोली कुपोन्डोल स्थित पार्टी कार्यालय आइपुगेको थियो । यो टोलीलाई पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले फूल दिएर स्वागत गर्नु भएको थियो।
पहिलो कोणसभा
टोलीले ललितपुर जिल्लाको लेलेमा कोण सभा सम्पन्न गरेको छ ।कोण सभालाई पिविएम चन्द्रहरी सुवेदीले गर्नु भएको थियो ।सञ्चालन जिल्लाा सचिव जगदिशश्वर महर्जनले गर्नु भएको थियो ।
दोस्रो कोणसभा
ललितपुर जिल्लाको छम्पिमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य शारदा महतले सम्बोधन गर्नुभयो । सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ललितपुर जिल्ला सदस्य धर्म थापाले गर्नु भएको थियो ।
तेस्रो कोणसभा
ललितपुर जिल्लाको भैंसेपाटीमा कोण सभा सम्पन्न भएकोछ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य इश्वर तिमिल्सिनाले सम्वोधन गर्नु भएको थियो ।कोणसभाको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ललितपुर जिल्ला सदस्य धर्म थापाले गर्नु भएको थियो ।
चौथो कोण सभा
ललितपुर जिल्लाको मंगलबजारमा कोण सभा सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामासिङ श्रीसले सम्वोधन गर्नु भएको थियो ।कोणसभाको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ललितपुर उपमहानगर इञ्चार्ज निरन तुलाधरले गर्नु भएको थियो ।कोण सभा भएका स्थानहरुमा भित्तेलेखन र पर्चा वितरण भएका थिए । उक्त अभियान टोलीलाई केन्दीय कार्यालय कुपण्डोलमा कावा महासचिव गौरवले फूलको गुच्छा दिएर स्वागत गर्नु भयो ।त्यसपछि नौ नं व्यूरोले स्वागत कार्यक्रम गरेको थियो ।स्वागत कार्यक्रमको व्यूरो सचिव चिन्तामणि शर्माले सञ्चालन गर्नु भयो ।अभियान टोली नं १ का प्रमुख रामसिङ श्रीस कावा महासचिव गौरवले मन्तव्य राख्नु भएको थियो ।अभियान टोलीले एउटा माइक र झण्डा केन्द्रीय कार्यालयलाई बुझाएको छ ।
टोली नम्बर २
यो टोलीले भक्तपुर जिल्लामा २ वटा कोण सभा सम्पन्न गरेको छ ।
पहिलो कोण सभा
भक्तपुर जिल्लाको सुर्यबिनायक न .पा. – ८ सुर्यबिनायक चोकमा कोणसभा सम्पन्न भयो ।
बक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क्षेत्र बहादुर थापा हुनुहुन्थ्यो र सन्चालक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला सहसचिव टेकहरी न्यौपाने हुनुहुन्थ्यो ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा रक्तिम साँस्कृतिक परिवारका नारायण शर्माले गीत गाउनु भएको थियो ।
दोस्रो कोण सभा
भक्तपुर जिल्लाको भक्तपुर न .पा. १ दुधपाटीमा कोण सभा सम्पन्न भएको छ । वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोली नम्बर २ का प्रमुख सन्त बहादुर नेपाली हुनुहुन्थ्यो । कार्यक्रमको सन्चालक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका श्रीकृष्ण सुलु भक्तपुर जिल्ला सचिव हुनुहुन्थ्यो ।
भक्तपुर जिल्लाको कमलबिनायक नगरपालिकाको खरिपाटी , तेलकोट र नगरकोटमा जनभेटघाट र पर्चा बितवरण गरिएको छ।टोलीलाई भक्तपुर जिल्लाले बिदाइ र काठमाडौंले स्वागत गर्ने कार्यक्रम सम्पन्न भयो । कार्यक्रम स्थान शङ्खरापुर नपा –३ कात्तिके काठमाडौं थियो ।
भक्तपुरका सचिब श्रीकृष्ण सुलुले पार्टीको झण्डा काठमाडौंका सचिब केदार खतिवडालाई दिदै अभियान टोलीलाई काठमाडौं जिल्ला समितिलाई हस्तान्तरण गर्नु भयो ।काठमाडौंका सचिव केदार खतिवडाले अभियान टोलीका सदस्यहरुलार्इ गुलाबको फुल दिदै स्वागत गर्नु भयो ।
टोली नम्बर ३
नुवाकोट देवीघाटको होटेल हेटौडामा बिहानको चिया नास्ता पछि अभियान टोली बेलकोट गढी –८ को झिलिङ पुगेको थियो। झिलिङमा प्रचार वितरण गर्नुकासाथै स्थानीय समाजसेवी, राजनैतिक दलसँग सम्बद्ध ब्यक्तित्व र शहीद परिवारलाई भेटघाट गर्यो।
बेलकोट गढी –९ बाघ खोरमा वाल पेन्टिङ र प्रचार वितरण गर्यो। बाघ खोरमा जगत बहादुर तामाङ्गको घरमा अभियान टोलीले खाना खाएको थियो। खाना पछि अभियान टोली बेलकोट नगरपालिका –८ को नलगाउँमा पर्चा वितरण र ब्यानर टाँगेर अभियान टोली बिदुर नगरपालिकाको बट्टार बजारमा पुग्यो। बट्टारबाट नुवाकोट जिल्ला सचिव अर्जुन लाल श्रेष्ठ र ब्यूरो सचिव सरोज शर्माले बिदाई गर्नु भएको थियो। अभियान टोली नुवाकोट शिवपुरी टोखा सडक हुदै काठमाडौं पुगेको थियो। काठमाडौ पुगेपछि टोखा नगरपालिका –१ झोरमा ९ नम्बर व्यूरोको तर्फबाट पेसल दाहाल, विरता खड्का, कमला चन्द लगायतको उपस्थिति मा स्वागत गरिएको थियो। अभियान टोलीलाई अबिर माल्यार्पण र खादा ओडाएर स्वागत गर्नुभएको थियो।
टोली नम्बर ४
यो अभियान टोलीले धादिङ जिल्लको सदरमुकाम धादिङवेशीमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ८ नं व्यूरो इञ्चार्ज तथा पिविएम भिम चापागाई राजनले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका धादिङ जिल्ला इञ्चार्ज अमृत अधिकारी विश्वास हुुनुहुन्थ्यो ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुथ्यो । कार्यक्रममा प्रमुख अतिथि सुदर्शनले वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यपत्र माथि नेकपा माओवादी केन्द्रका प्रतिनिधि केसरी प्रसाद पन्त , नेकपाका प्रतिनिधि प्रमोद, सहिद तथा वेपत्ता परिवार धादिङका संयोजक रामबहादुर भण्डारी नेपाल प्रध्यापक संघ धादिङका अध्यक्ष प्रयास रेग्मी ,नेपाल बार एसोशिएसनका धादिङ अध्यक्ष अधिवक्ता विश्वराज अधिकारी ,प्रगतिशील लेखक संघ धादिङका अध्यक्ष रमेश अधिकारी ,पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी लगायत हुनुहुन्थो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम धनेश्वर पोख्रेल ,सल्लाहकार युवराज न्यौपाने ,स्थानीय समाजसेवी टीका भण्डारी ,धादिङका कम्युनिष्ट संस्थापक सदस्य वेदनीधि अधिकारी लगायत हुनुहुन्थ्यो । कार्यक्रममा उठेका विषयवस्तुहरुमाथि प्रमुख अतिथि सुदर्शनले प्रष्ट पानु भएको थियो।